बन्द, हड्ताल र अराजकता रोकौं : डा.महत

१ फाल्गुन २०७०, बिहीबार १७:०४ मा प्रकाशित

चितवन, १ फागुन । विना विभागीय मन्त्री डा.रामशरण महतले औद्योगिक विकासका लागि बन्द हड्ताल, अराजकता रोक्नुपर्ने बताएका छन् ।
चितवन उद्योग संघले आज (बिहीबार) देखि आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७० को भरतपुरमा उदघाटन गर्दै डा.महतले कम्तिमा पाँच वर्ष सम्म बन्द हड्तालका कार्यक्रम रोक्नु पर्ने बताए । त्यस पछि मात्रै देशमा आर्थिक वृद्वि हुन सक्ने उनले बताए ।
मन्त्री महतले सरकारले उद्योग चलाउने नभई निजी क्षेत्रलाई उद्योग संचालनको वातावरण तयार गरी दिन सक्रीय रहेको बताए ।
एमालेका पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले व्यवसायिकता सिर्जना गर्न सरकारले प्रशस्त अनुदानको व्यबस्था गर्नुपर्ने बताए । उनले प्रत्येक क्षेत्र तोकेर सरकारले आवश्यक्ता बमोजिम अनुदानको व्यवस्था गर्न सके मात्र व्यवसायिक सिर्जना र एकता हुन सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा