‘वर्षदिनभित्र संविधान बन्नेमा आशंका छ’

१ फाल्गुन २०७०, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौं, १ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्ष दिनभित्र संविधान बन्नेमा आशंका व्यक्त गरेका छन् ।
१९ औं जनयुद्ध दिवसका अवसरमा आज (बिहीबार) पार्टी मुख्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा दाहालले प्रमुख सत्ता साझेदार कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटमा सुरु भएको झगडाले वर्षदिनभित्र संविधान बन्नेमा शंका जन्मिएको बताए । सत्ताको समस्यामा दुई दल परेकाले नयाँ संविधानमा प्रश्न उठेको उनले बताए ।
उनले संविधानसभामा परिवर्तन बिरोधी ठूला र परिवर्तनकारी दल साना भएकाले अधिकार सम्पन्न संविधान नबन्ने उल्लेख गरे ।
‘संविधानसभाभित्र र बाहिरबाट संघर्ष गरेर प्रगतिशील संविधान बनाउनु पर्छ,’ अध्यक्ष दाहालले भने, ‘प्रगतिशील संविधानका लागि एमाओवादी दृढ छ ।’
यसैबीच, गृह जिल्ला गोरखामा पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले जनताको जायज माग पूरा गर्न जनस्तरबाट दबाव सिर्जना गर्नुपर्ने बताए । उनले संविधानसभामा दक्षिणपन्थीहरुको बाहुल्य रहेकाले अहिलेको संविधानसभाबाट प्रगतिशील संविधान बन्ने सम्भावना क्षीण रहेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी