आरोपी बचाउने माओवादी समर्थित शिक्षक प्रहरी फन्दामा

१ फाल्गुन २०७०, बिहीबार ०५:२८ मा प्रकाशित

यज्ञराज थापा, दैलेख, १ फागुन । जातिय विभेद मुद्धाका मुख्य आरोपीलाई जोगाउन खोजेको भन्दै प्रहरीले विशाला गाविस–१ घर भएका स्थानिय कृष्ण निमावि माझखर्कका शिक्षक भक्तवहादुर भण्डारीलाई मंगलवार नियन्त्रणमा लिएको छ ।
शिक्षक भण्डारीले छिमेकीलाई सार्वजनिक धारामा जातिय विभेद गरेको मुद्धामा आरोपित आफ्नी छोरी साधना र पत्नी साधनालाई जोगाउन खोजेपछि प्रहरीले उनलाई घरबाट नै नियन्त्रणमा लिएको दलित अधिकारकर्मी तथा पत्रकार अमर सुनारले वताए ।
गत पुष ३ गते घरनजिकैको सार्वजनिक धारामा पानी लिन गएको बेला सोही ठाउकी ५५ वर्षिय पाना नेपालीलाई पानीको पाईप छोएको निहुमा जातिय हिसावले होच्याउदै कुटपिट गरेपछि पिडितले दिएको जाहेरीअनुसार तिन पटकसम्म प्रहरीले पक्राउ गर्न जादा शिक्षक भण्डारीले पत्नी र छोरीलाई लुकाएपछि उनलाई नै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पिडित नेपालीले गत पुष १९ गते जातिय विभेद सम्वन्धी मुद्धा प्रहरीमा दर्ता गराएकी थिईन् । नेकपा–माओवादी समर्थक शिक्षक भण्डारीले जातिय विभेदको मुद्धाबाट जोगाई दिन आफ्नो पार्टीका नेतासंग अनुनय गरेको र नेकपा एमालेका नेतालाई मुद्धाबाट जोगाई दिए पार्टीमा प्रवेश गर्नेसमेत वचन दिएको स्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रज्वल महर्जनले पिडितको जाहेरीको आधारमा आरोपीहरुको खोजी कार्य भैरहेको अवस्थामा शिक्षक भण्डारीले नै आरोपीहरुको संरक्षण गरेको देखिएकाले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसंधान थालिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज