दलीय सहमति नभए मतदानबाट निर्णय हुन्छ: माओबादी नेता देव गुरुङ

९ बैशाख २०६९, शनिबार १९:२८ मा प्रकाशित

चितवन, ९ वैशाख । एकीकृत नेकपा माओवादी बिद्रोही बैद्य समुहका नेता देव गुरुङले दलहरुले राजनीतिक सहमति जुटाउन नसके संविधान सभामा मतदानमा जाने एक मात्र विकल्प रहेको बताएका छन्। नेता गुरुङले भने, ‘दलीय सहमति महत्वपूर्ण हो तर सहमति भएन भने मतदानबाट भए पनि निर्णय हुन्छन्।’ नेता गुरुङले बाह्रबुँदे सहमति, शान्ति सम्झौता हुँदै विभिन्न विवाद र विषय सहमतिको आधारमा भैरहेको जिकिर गर्दै उनले राज्यपुनर्संरचना र शासकीय स्वरुपबारे पनि दलहरु सहमति गर्न सफल हुने बताए । तर सहमति नजुटे मतदान नै अन्तिम विकल्प हुने नेता गुरुङको भनाइ थियो ।

नेता गुरुङले पार्टीको संस्थापन पक्षले जनचाहनाअनुसारको निर्णय गर्न नसकेको भन्दै वैद्य समूह दरबारबाट सञ्चालित भएको भनेर अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप निराधार रहेको बताए । उहाँहरु संस्थापन पक्षको गतिविधिले बरु त्यस्तो देखाउँछ, आरोपमात्र लगाएर हुँदैन गुरुङले संचारकर्मिहरुलाई भने गुरुङले

गुरुङले सेनासमायोजन र लडाकुहरुको सम्बन्धमा संस्थापन पक्षले पार्टी निर्णयविपरीत गरेको निर्णय चित्तबुझ्दो नभएकोले आफुहरु विरोधमै उत्रन वाध्य भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस