कांग्रेस र एमालेलाई मिलेर जान सुझाव

२९ माघ २०७०, बुधबार १६:३५ मा प्रकाशित

काठमाडौं, २९ माघ । प्रधानमन्त्री सुशील कोइरालाको पक्षमा मतदान गरेका दलहरुले कांग्रेस र एमालेलाई मिलेर जान सुझाव दिएका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज (बुधबार) भएको बैठकमा साना दलहरुले दुबै पार्टी मिलेर जान आग्रह गरेका हुन् । उनीहरुले कांग्रेस र एमाले बीचको सम्बन्ध तत्कालका लागि भन्दा पनि नयाँ ंसंविधान निर्माण गर्ने सम्म कायम रहनु पर्ने बताए ।
नेताहरुका अनुसार एमालेले आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर साना दलहरुसंग सुझाव माग गरेको थियो ।
एमालेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र कांग्रेससंग भएका सहमतिका विषयमा छलफल गर्न साना दर्जन बढी दलहरुको बैठक बोलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक