‘एमालेलाई गृह मन्त्रालय दिने सहमति भएको छैन’

२९ माघ २०७०, बुधबार १६:१९ मा प्रकाशित

पोखरा, २९ माघ । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको बताएका छन् ।
पोखरामा आज (बुधबार) पत्रकारसँग कुरागर्दै पौडेलले गृहमन्त्रालयका विषयमा कुनै सहमति नभएको बताए । ‘सहमति भएको बारेमा प्रधानमन्त्री, वार्ता टोली र मलाई कुनै जानकारी प्राप्त भएको छैन,’ उनले भने, ‘वार्ता टोलीले पनि गृह मन्त्रालय दिने सहमति गरेको छैन ।’
दुई/चार दिनभित्रमा दुवै पक्षबीच छलफल गरेर मन्त्रालय बाँडफाड गर्ने र सरकारले पूर्ण आकार पाउने उनले बताए ।
एमाले सहमतिमा आउने विश्वासका साथ शपथग्रहण कार्यक्रममा कांग्रेसले एकजना मात्र विना विभागीय मन्त्री बनाएको पौडेलले बताए ।
गृह मन्त्रालय नपाए सरकार मै नजाने निर्णयप्रति पुन:विचार गर्न उनले एमालेसंग आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर