संविधानसभा नियमावली मस्यौदा समिति गठन

२९ माघ २०७०, बुधबार १५:४७ मा प्रकाशित

काठमाडौं, २९ माघ । संविधानसभाले संविधानसभा नियमावली र संविधानसभा नियमावलीको मस्यौदा तयार गर्न ४९ सदस्यीय मस्यौदा समिति गठन गरेको छ ।
कांग्रेसका सभासद चिनकाजी श्रेष्ठले पेश गरेको प्रस्तावलाई आज (बुधबार) बसेको संविधानसभा बैठकले अनुमोदन गरेको हो । श्रेष्ठको प्रस्तावलाई एमालेका सभासद भीमप्रसाद आचार्य समर्थन गरेका थिए ।
संविधानसभा नियमावली, २०७० र संविधानसभा (व्यवस्थापिका संसदको कार्य सञ्चालन) नियमावली, २०७० मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहेका सदस्यको नामावलीसहितको प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिमा सभासदहरु अतहर कमाल मुसलमान, अम्बिका बस्नेत, आनन्दप्रसाद ढुङ्गाना, ओनसरी घर्ती, एकनाथ ढकाल, कर्णबहादुर थापा, कुमार खड्का, कुन्तीकुमारी शाही, कृष्णभक्त पोखरेल, गोपाल दहित, चन्देश्वर झा, जयदेव जोशी, जयन्तीदेवी राई, जीवन परियार, जितेन्द्रनारायण देव, डिम्पलकुमारी झा, धर्मेन्द्रकुमार साह तेली, नरहरि आचार्य र नरेन्द्र साह कलवार लगायतका रहेका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ बमोजिम संविधान निर्माणको कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न समितिहरुको गठन र अपनाउनुपर्ने कार्यविधिको सम्बन्धमा आवश्यक व्यवस्था गर्ने कार्यका लागि नियमावलीहरुको मस्यौदा बनाइन लागिएको हो ।
संविधानसभाको कामकारबाहीलाई अझ बढी प्रभावकारी र समय सापेक्ष बनाउन मद्दत गर्ने र नियमावली पारित गर्ने अवस्थासम्ममा आइपर्ने अन्य कार्यहरु समेत गर्ने जिम्मेवारी समितिको कार्यक्षेत्रभित्र पर्दछ ।
अध्यक्षको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्ने र समितिका सदस्यहरुले आफूमध्येबाट एक जना सभापति चयन गर्ने छ । समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने समितिको कार्यविधि तोकिएको छ । समितिको कार्यावधि कार्यप्रारम्भ भएको १० दिनको हुनेछ ।
संविधानसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार दिउंसो १ बजे बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी