‘गृह, रक्षा, अर्थ मन्त्रालय माग गर्नुको तुक छैन’

२९ माघ २०७०, बुधबार १४:४८ मा प्रकाशित

पोखरा, २९ माघ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीका वार्ता टोलीले गरेका सहमतिको पूर्ण पालना हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज (बुधबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेलाई नेपाली जनताले हाराहारीको म्यान्डेट दिएकाले विश्वासको सम्बन्ध कायम गर्दै अघि बढ्नु पर्ने बताए । एमालेले सरकारमा सम्मानजनक हिस्सा पाउनु पर्ने उनले बताए ।

‘एमाले पदका लागि मरिहत्ते गर्ने पार्टी होइन,’ उनले भने, ‘सरकारमा गए पनि नगए पनि ६ महिनाभित्र संविधानको मस्यौदा तयार गर्न र एक वर्षभित्र नयाँ संविधान जारी गर्न एमाले प्रतिबद्ध छ ।’

नेता नेपालले प्रधानमन्त्रीको शपथ ग्रहणमा एमालेको व्यापक सहभागिता नहुनु सहमतिको पालना नभएको असन्तुष्टि मात्रै रहेको बताए ।

तीन वर्षअघि कांग्रेसको समर्थनमा आफू प्रधानमन्त्री हुँदा रक्षा, गृह र अर्थ जस्ता मन्त्रालय एमालेले पाएकाले अहिले कांग्रेस सरकारले पनि तिनै मन्त्रालय पाउनुपर्ने कांग्रेसको जिकिरमा कुनै तुक नरहेको नेपालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा

काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।