सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

२९ माघ २०७०, बुधबार १३:२९ मा प्रकाशित

दार्चुला, २९ माघ । सुदूरपश्चिमका पहाडी क्षेत्रमा मंगलबार अचानक हिमपात हुँदा दैनिक जनजीवन प्रभावित भएको छ ।
हिमपातले विशेषगरी दार्चुला, बैतडी, बझाङ र डडेल्धुरालगायतका जिल्लामा यातायातसमेत बन्द भएको छ ।
सुदूरपश्चिमको मूल पहाडी राजमार्ग भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा हिमपात भएपछि दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा जिल्लाको यातायात बन्द भएको हो ।
बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सडकखण्डअन्तर्गत सतबाँझमा हिमापात हुँदा दार्चुला जाने यातायातसमेत बन्द भएको छ ।
तापक्रम घट्दै जानुका साथै मौसम पनि बिग्रदो अवस्थामा रहेको हावापानी फिल्ड कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
लामो तथा छोटो दूरीका सवारीसाधन पनि चल्न गाह्रो भएको महाकाली यातायात व्यवसायी समिति दार्चुलाले जनाएको छ । हिमपातको कारण सदरमुकाम खलङ्गामा चिसो बढेको छ ।
जिल्लाको उत्तरी भेगका विभिन्न गाविसमा भारी हिमपातका कारण पशुचौपायाको चरनमा समस्या भएको स्थानीयवासीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीमा बदेलका लागि छोडेको तारमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । गएराती साढे

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र