जस्टिन र गोमेजबीच सम्बन्ध सुध्रिँदै

२९ माघ २०७०, बुधबार ११:३० मा प्रकाशित

नशा खाएको आरोपमा जस्टिन सुधार गृहमा बन्द


लस एञ्जलस, २९ माघ । हलिवुडका पप गायक जस्टिन बीबर अहिले पनि पुरानी प्रेमिका सलीना गोमेजको माया–प्रेममा मन्त्रमुग्ध रहेका खुलासा भएको छ ।
‘हलिवुड लाइफ’ समाचारका अनुसार १९ का पप गायक बीबर फेरि २१ बर्षीया गोमजको माया प्रेममा भूल्न लागेका हुन् । बीबर र गोमेजबीच पहिला नै सम्बन्ध रहे पनि बिविध कारणले छुट्टिएका थिए । उनीहरु पुन: जोडिएको समाचारमा उल्लेख छ ।
‘बीबर गोमेजलाई लिएर अत्यन्तै दु:खी छन्,’ एक सहयोगीले भने, ‘गोमेज र जस्टिनका बीच अहिले पनि सम्पर्क छैन ।’ एकअर्का बीच सम्पर्क नरहे पनि उनीहरुको मिलन हुन लागेको समाचारमा उल्लेख छ ।
यूरोप र अमेरिकामा क्यानडाली पप गायक बीबरको खुब खोजी हुन्छ । बीबर आफ्ना केही गलत कार्यका कारण चर्चित हुने गरेका छन् ।
केही दिन अघि नशा खाएर ड्राईभिङ गरेको आरोपमा प्रहरीले बीबरलाई पक्राउ समत गरेको छ । बीबरलाई केही समय सुधारगृहमा राखिएको समाचारमा उल्लेख छ ।
जस्टिन बीबर र सलीना गोमेज फेरि पनि आफ्नो जिन्दगीलाई सहि ढङ्गले चलाउन चाहेको सहयोगीहरुको भनाई छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको