समानता श्रेष्ठको हत्यारा पहिचान, हत्यारा भर्जिनिया प्रहरीको नियन्त्रणमा

२९ माघ २०७०, बुधबार १०:१० मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, २९ माघ । नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या गरेको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ । भर्जिनियास्थित ब्ल्याकबक्स प्रहरी विभागका नाथन ओडेलले जारी गरेको बिज्ञप्ति अनुसार भर्जिनिया टेक्निकलका बिद्यार्थी बर्ष २२ की जेसिका मिशेल विङ्ग र बर्ष २३ का केफ़र कायल ब्राउनलाई नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या गरेको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो । हत्याका दुवै अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याकबक्सका स्थानिय बासिन्दा भएको प्रहरीले जनाएको छ । ब्ल्याकबक्स प्रहरी विभागका अनुसार जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा मोन्टगेमरी काउन्टी जेलमा राखिएको छ । दुवै अभियुक्त मोन्टगेमरी काउन्टी जेलमा रहेका छन् । भर्जिनिया टेक्निकल विश्व विद्यालयले दिएको जानकारी अनुसार जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको र केफ़र कायल ब्राउन पुर्व बिद्यार्थी भएको जनाएको छ । मृतल समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन । उनका छिमेकी रोसारियो रुसका अनुसार मृदुभाषी समानता शनिबार देखि हराएकी थिइन । शनिबारनै छिमेकी र नजिकका व्यक्तिले समानता हराएको सुचना प्रहरीलाई दिएका थिए । ब्ल्याकबक्स प्रहरी विभागका अनुसार समानता श्रेष्ठको हत्यामा तेस्रो व्यक्तिको समेत संलग्नता हुन सक्ने र तेस्रो व्यक्तिको खोजि भइ रहेको छ । हत्याको कारण पत्ता लगाउने प्रयास जारी रहे पनि अहिले सम्म हत्याको कारण खुल्न सकेको छैन । यद्यपि प्रारम्भिक अनुसन्धानले त्रिकोणात्मक प्रेम सम्बन्ध हत्याको कारण हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद