छ महिनामा रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन

२८ माघ २०७०, मंगलवार १६:५३ मा प्रकाशित

सप्तरी, २८ माघ । सरकारले महिला, दलित, जनजाति र सहिद परिवारलगायतलाई जग्गा रजिष्ट्रेसनमा छुट दिन थालेपछि सप्तरीमा जग्गाको कारोबार तीव्र रूपमा बढेको छ ।

दैनिक हुने जग्गा रजिष्ट्रेसनमध्ये करिब ५० प्रतिशतभन्दा बढी जग्गा महिलाकै नाममा रजिष्ट्रेसन हुने गरेको जिल्ला मालपोत कार्यालय सप्तरीले जनाएको छ ।

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ११ हजार ५५० लिखत पारित भएको छ । जसमा ग्रामीण जग्गा १० हजार ९६१ र सदरमुकाम राजविराजको मात्र ५८९ लिखत पारित भएकामा पाच हजार ५४० ग्रामीण र २९२ सहरी जग्गा महिला, दलित, जनजाति, सहिद परिवार र ज्येष्ठ नागरिकको नाममा रजिष्ट्रेसन पास भएको मालपोत प्रमुख निरौलाले जानकारी दिए ।

चालु आर्थिक वर्षको सो अवधिमा लिखत पासमध्ये महिला, दलित, जनजाति, सहिद परिवार, आपाङ, ज्येष्ठ नागरिकले  ६१ लाख ८५ हजार ४३४ छुट पाएको मालपोत कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

जग्गाको कारोबार ह्वात्तै बढेपछि मालपोत कार्यालयमा राजस्व सङ्कलनसमेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७०/०७१ को छ महिनाको अवधिमा जिल्ला मालपोत कार्यालय सप्तरीले दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०७०/०७१ मा चार करोड ३६ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा दुई करोड ७४ लाख ८३ हजार २३७ राजस्व सङ्कलन भइसकेको जिल्ला मातपोत कार्यालय सप्तरीका प्रमुख अर्जुन निरौलाले जानकारी दिए ।

जग्गा रजिष्ट्रेसनका लागि अनुकूल समय नमानिएको साउनदेखि पुससम्म मात्र लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भइसकेकाले जग्गा रजिष्ट्रेसनका लागि अनुकूल समय मानिएको माघदेखि असार मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा बढी दोब्बर राजस्व सङ्कलन हुन सक्ने प्रमुख निरौलाको अनुमान छ ।

अघिल्लो आर्थिक वर्ष २०६९/०७० मा चार करोड ३३ लाख ६७ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको जिल्ला मालपोत कार्यालयले रु छ करोड २४ लाख ९१ हजार ३५३ राजस्व सङ्कलन गरेको थियो । यता राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भए पनि जनशक्ति अभाव र बढ्दो कामको चापका कारण कर्मचारीहरूलाई कामकाज गर्न हम्मेहम्मे परिरहेको प्रमुख निरौलाको कथन छ ।

सप्तरीको ११४ गाविस र एउटा नगरपालिकाको चाप खेप्दै आएको जिल्ला मालपोत कार्यालयमा ४२ जना कर्मचारीको दरबन्दी भए पनि हाल २१ जना मात्र कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको