‘राष्ट्र निर्माणमा एकताबद्ध भएर लाग्नु पर्छ’

२८ माघ २०७०, मंगलवार १६:४३ मा प्रकाशित

काठमाडौं, २८ माघ । राष्ट्रपति डा.रामवरण यादवले लोभ र कुण्ठाले देशको विकास नहुने भन्दै राष्ट्र निर्माणमा सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेइसौं स्थापना दिवसका अवसरमा आज (काठमाडौं) मा आयोजित कार्यक्रममा डा.यादवले सबै संस्थाले एकापसमा सहकार्य, समन्वय र सम्मान गर्दै राष्ट्र र जनताका पक्षमा काम गर्नु अपरिहार्य भएको बताए ।
हालै सम्पन्न संविधानसभा निर्वाचनले देशलाई शान्ति, समृद्धि र लोकतन्त्रको मार्गमा अघि बढाएको उल्लेख गर्दै राष्ट्रपति डा यादवले राष्ट्रको एकता, अखण्डता, सार्वभौमसत्ता अक्षुण्ण राख्दै सामाजिक एवम् साम्प्रदायिक सद्भावका साथ मुलुक र मुलुकवासीको हितमा काम गर्नु हरेक राष्ट्रसेवकको कर्तव्य भएको स्मरण गराए ।
राष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण तथा त्यसविरुद्धको चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान गरेका राजधानी, अन्नपूर्णपोष्ट, आर्थिक, द हिमालयन टाइम्स दैनिक, घटना र विचार, जनधारणा, जनभावना, तरुण, दृष्टि, पुनर्जागरण, मधेसवाणी, साँघु र साप्ताहिक विमर्श तथा नेपाल टेलिभिजन, रेडियो नेपाल, एभेन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज ट्वान्टिफोर टेलिभिजन र हिमालय टेलिभिजनलाई कदरपत्र प्रदान गरे ।
त्यसैगरी आयोगमा उत्कृष्ट काम गरेका कर्मचारीलाई पनि राष्ट्रपति डा.यादवले पुरस्कृत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो