आर्यनसँग छबिले भने- `डिभोर्स हल्ला मोटामोटी सहि हो`

९ बैशाख २०६९, शनिबार १९:०९ मा प्रकाशित

काठमाडौ, ९ वैशाख । रेखा थापाको डिभोर्स हल्ला चलिरहेका बेला उनका पति छवि ओझाले आर्यनलाई आफ्नो प्रोजेक्टमा दोहोर्‍याउने संकेत गरेका छन् । त्यसैले त शुक्रबार ‘सो सिम्पल’ को मुर्हुत समारोहमा आर्यनलाई अंगालो मार्दै छविले भन्दै थिए, ‘अब खेल्नु पर्छ मेरो फिल्ममा ।’

छविको आग्रहमा आर्यनले तत्काल उत्तर दिएनन् तर फेरी छवि भन्दै थिए, ‘तिमीलाई अरूले दिएको जति ८ लाख म दिन सक्दिन ।’ गडफादर छविले सो प्रस्ताव गर्दा आर्यनले एस नो कुनै उत्तर दिएनन् बरू उल्टै प्रश्न, ‘गरे के हो मामु डिभोर्सको हल्ला सुनिराछु नि ? जवाफमा छविले अलि कुनामा लगेर उनलाई भने, ‘मोटामोटी यो सहि नै हो तर अहिले म बोलि हाल्दिन ।’ त्यतिकैमा आर्यन र छविको केही मिनेट निकै गोप्य बार्ता भयो जुन गफ फिल्मीखबरको कान सम्म आईपुगेन ।

रेखाले फ्ल्याट किनेको खबर छविलाई थाहा नहुनु लगायतका विविध बिषयमा अहिले उनीहरूको मनमुटाव भएको हो जुन छुट्टिएर बस्ने स्थितिमा पुगिसकेको आर्यनसंगको गफमा छविको भनाईले आफै पुष्टी गर्छ । तर सो बिषयमा छविलाई केही समयपछी फिल्मीखबरले प्रश्न गर्दा उनले कुरालाई उल्टाएर जवाफ दिए । उनले भने, ‘मैले मोटामोटी अर्कै कुरामा भनेको हुँ यदि हामी छुट्टियो भने यो खबर म आफै मिडियालाई दिनेछु ।’ छविले डिम्पलोमेटिक उत्तर दिए पनि अर्को तर्फ उनले होम प्रोडक्सनबाट नयाँ हिरोईन पनि लन्च गर्ने खबर आईरहेको छ । जसका लागि उनी हिरोईनको खोजीमा पनि छन् । किनकी रेखा थापासंग अलग्गिए लगत्तै उनले ती युवतीलाई रेखाको स्थानमा स्थापित गर्ने योजना बनाएका छन् ।
दश बर्ष पश्चात रेखा र छविको सम्बन्धको सफा पानी धमिलिए पछी फिल्म नगरीमा यि जोईपोईको विभिन्न आलोचना पनि हुन थालेका छन् । तर यो पटकको स्टण्ड रिल लाईफ जस्तो नभई रियलनै हुने सम्भावना बढेर गएको छ । छविसंगको सम्बन्धमा धमिलो पना बढेपछी रेखाले आफ्नी आमालाई गाउँदेखि बोलाएर हरेक ठाँउमा डोर्‍याएर उनी हिड्न थालेकी छिन् । यस्तै आजकाल उनी आफू निकट सञ्चारकर्मी प्रकाश सुवेदीसंग यो बिषयमा विभिन्न सरसल्लाह समेत लिने गरेकी छिन् ।

छविले आउदो जेठ दोस्रो हप्तादेखि नयाँ फिल्म बनाउदैछन् । जसका लागि आर्यनलाई उनले एप्रोच गरेका हुन् । यस अघि छविको तीन फिल्ममा खेलिसकेका आर्यन र रेखाको सम्बन्ध कस्ले चोर्‍यो मेरो मन खेलिसकेपछी ३६ को आँकडामा परिणत भएको हो । तर रेखासंगको सम्बन्धमा स्वयम छविको ३६ आँकडाको स्थिति आएपछी उनले आर्यनलाई एप्रोच गरेका हुन् भन्ने तर्क पनि गर्न सकिन्छ । छविले निर्माण गर्ने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्मको टाईटल तय गरिसकिएको छैन । (Sourece : Filmykhabar)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले