युवक एक सातादेखि बेपत्ता

२८ माघ २०७०, मंगलवार १६:३७ मा प्रकाशित

दार्चुला, २८ माघ । दार्चुलाका एक युवकका एक सातादेखि बेपत्ता भएका छन् । दार्चुलाको धौलाकोट गाविस– ५ घर भई अहिले खलङ्गा–५ घाटबजारमा बस्दै आएका हरसिंह धामीका २३ वर्षीय छोरा नरसिंह धामी बेपत्ता भएका छन् ।

यही माघ २० गते खलङ्गाबाट हिकिलामा बस्नुहुने फूपूको घरमा व्रतबन्धमा सहभागी हुन परिवारका अन्य सदस्यसागै गएका धामी ब्रह्मदेवबाट बेपत्ता भएको आफन्तले जनाएका छन् ।

हिकिला जाने क्रममा ब्रह्मदेवमा रहेको प्रहरी चौकी नजिकैबाट बेपत्ता भएको उहााका दाजु करनसिंह धामीले बताए । बेपत्ता धामीको खोजी गर्दा ब्रह्मदेवमा रहेको प्रहरी चौकीभन्दा २०० मिटर टाढा, उनले बोकेको झोला ढुङ्गामुनि च्यापेको अवस्थामा फेला परेको र साथमा रहेको डिजिटल क्यामेरा फुटाएको अवस्थामा भेटिएको आफन्तले जनाएका छन् ।

बेपत्ता धामी व्रतबन्ध हुने घरमा नपुगेपछि आफन्तले खोजतलास गर्दासमेत अहिलेसम्म नभेटिएपछि सोमबार मात्रै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

बेपत्ता धामीको हत्या भएको हुन सक्ने आफन्तको शङ्का छ । प्रहरीले बेपत्ता युवकको खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान