एमालेद्वारा सपथ कार्यक्रम बहिष्कारको निर्णय

२८ माघ २०७०, मंगलवार १३:४३ मा प्रकाशित

काठमाडौं, २८ माघ । गृह मन्त्रालय नपाए पछि एमालेले प्रधानमन्त्रीको सपथ कार्यक्रममा अनुपस्थित हुने निर्णय गरेको जनाएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी स्थायी समितिको बैठकले पूर्व सहमति अनुसार गृह मन्त्रालय दिन कांग्रेसले आनाकानी गरे पछि सपथको कार्यक्रम बहिष्कार गर्नुपरेको सचिव विष्णु पौडेलले जानकारी दिए ।
‘कांग्रेसले गृहमन्त्रालयसहित उपप्रधानमन्त्री दिने सहमति गरेर पछि फर्केको छ,’ उनले भने, ‘पूर्व सहमति अनुसार गृहमन्त्रालय नपाएमा सपथको कार्यक्रममा जाँदैनौं ।’
कांग्रेसले पूर्व सहमति उल्लंघन गरेको आरोप लगाएको एमालेले आवश्यक परे सरकार बाहिर बसेर समर्थन गर्ने सम्मको निर्णय हुन सक्ने चेतावनी दिएको छ । सहमति कार्यान्वयन नभए उसले कांग्रेसको सरकारलाई बाहिरै बसेर समर्थन गर्ने रणनीतिमा रहेको स्रोतको भनाई छ ।
उता, कांग्रेसका नेताहरुले एमालेलाई गृह मन्त्रालय दिने कुनै पनि सहमति नभएको दाबी गरेका छन् । उनीहरुले एमालेलाई उपप्रधानमन्त्रीसहितका बिभिन्न मन्त्रालय दिने सहमति भएको बताए ।
यसैबीच, एमालेले सरकार गठन प्रक्रिया र मुलुकको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन सभासदहरुको बैठक बोलाएको छ । बैठक सिंहदबारमा हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली