मुटूको उपचारमा अर्को ठूलो सफलता

२८ माघ २०७०, मंगलवार ११:५७ मा प्रकाशित

न्यूयोर्क, २८ माघ । मुटूका विरामीहरुको उपचारमा अमेरिकीका एक चिकित्सकले ठूलो सफलता हासिल गरेको दाबी गरिएको छ ।
भारतीय मुलका अमेरिकी नागरिकले मुटू उपचारमा ठूलो सफलता हासिल गरेको जनाएका हुन् । हाल क्लीनिकल ट्रायलमा रहेको नयाँ प्रबिधि सबै बिरामीका लागि फाईदा हुने जनाईएको छ ।
मुटूका विरामीहरुलाई पेसमेकर बिना सर्जरी नै नगरेर छिट्टै लगाउन सकिने छ । यसका लागि खासकिसिमले तयार भएको पेसमेकर साइजमां पनि एक्दमै सानो छ । यो नयाँ आवीस्कारमा लीडको झन्झट समेत नहुने समाचारमा दाबी गरिएको छ ।
अमेरिकाको माउंट सिनाई हस्पिटलमां भारतीय मूलका डाक्टर विवेक रेड्डीले हालसालै एकजना बिरामीमा यो पेसमेकरको सफल प्रयोगसहित उपचार गरेका छन् ।
चाँदीको सानो ट्यूब जस्तो देखिने यो पेसमेकर केही सेन्टीमीटर लामो हुन्छ । नयाँ प्रविधिका कारण यसको साइज परम्परागत पेसमेकर भन्दा १० प्रतिशत पनि कम रहेको छ ।
हाल यो पेसमेकर सुरक्षा र फायदाका लागि क्लीनिकल ट्रायलमा रहेको छ । लीडलेस–२ नाम दिईएको यो प्रविधि ट्रायल अभियान अन्तर्गत ६ सय ७० बिरामीमा परीक्षण गर्ने योजना अस्पतालको छ ।
क्लीनिकल ट्रायलका लागि अमेरिका, कनाडा र यूरोपका ५० केन्द्रमा रजिष्ट्रेशन गरिएको छ । डा.रेड्डीले नयाँ समयको पेसमेकर बिरामीका लागिं अत्याधिक सुरक्षित साबित हुने दाबी पनि छ ।
‘यसमां परम्परागत पेसमेकरको जस्तो लीड छैन,’ रेड्डीले भनेका छन्, ‘यसमा बिरामीको छातीको छाला भित्र शल्यक्रिया गरेर राख्नु मात्रै पर्ने छ । यसलाई आवश्यक नपर्दा हटाउन पनि सकिन्छ ।’
यसलाई परम्परागत पेसमेकरकै जस्तो अत्यन्तै कम ‘हार्ट बीट’ (धड्कन) को उपचारमा मात्रै प्रयोग गर्न सकिने छ ।
यो पेसमेकरले सफलता पाएमा मुटूको उपचारमा शल्याक्रिया आवश्यक पर्ने छैन । छालाको भित्री भागमा नदेखिने गरेर पनि यसलाई राख्न सकिने छ । र डिवाइसपनि बिग्रने खतरा समेत रहने छैन ।
यसले मुटूको धड्कनमा नजिकबाट सूक्षमा रुपमा ध्याख्ने छ । साथै मुटूको धड्कन कम हुने वित्तिकै पेसमेकरले इलेक्ट्रिकल स्टिमुलेशन थेरेपीको प्रयोग गरेर धड्कनें कंट्रोल गर्ने क्षमता राख्छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार