बसको क्याबिनबाट युवकको शव फेला

२७ माघ २०७०, सोमबार १७:१८ मा प्रकाशित

पर्सा, २७ माघ । वीरगन्जको नयाँ बसपार्कबाट एक युवकको शव प्रहरीले फेला पारेको छ ।
वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १९ स्थित बसपार्कमा रोकी राखिएको ना २ ख ९२८ नम्बरको बसको क्याबिनबाट युवकको शव फेला पारिएको हो ।
मृत अवस्थामा फेला परेका युवक प्युठान निवासी वर्ष २८ का दङ्गाली थरका भएको जिप्रका पर्साले जनाएको छ । सोनम यातायातको मिनी बसको क्याबिनको सिटमा घोप्टिएको अवस्थामा त्यस युवकलाई बसका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
मृतकको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र