कांग्रेस–एमालेबीचको सहमति असंवैधानिक : अध्यक्ष

२७ माघ २०७०, सोमबार १९:३० मा प्रकाशित

काठमाडौं, २७ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको विरोध गरेका छन् ।
व्यवस्थापिका–संसद्को आज (सोमबार) को बैठकबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले आइतबार कांग्रेस र एमालेबीच भएको सहमति असंवैधानिक भएको प्रतिक्रिया दिए ।
एमाओवादीले मतदानमा प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गरेको थियो ।
यसैबीच, एमालेका अध्यक्ष झलनाथ खनालले दुई दलबीच राजनीतिक सहमति भएकाले त्यसलाई कार्यान्वयनका क्रममा संविधान संशोधन गरेर अघि बढ्ने बताए ।
‘संविधानमा भएका कतिपय बुँदामा राजनीतिक सहमतिकै आधारमा संशोधन गरिन्छ,’ खनालले भने, ‘त्यसकारण हाम्रो सहमति असंवैधानिक होइन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता