संविधान निर्माण नै मुख्य काम : कोइराला

२७ माघ २०७०, सोमबार १७:०६ मा प्रकाशित

काठमाडौं, २७ माघ । नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले दलहरूबीचको सहकार्य, एकता र मेलमिलापबाट एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
व्यवस्थापिका–संसद्बाट आज (सोमबार) प्रधानमन्त्रीमा निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम गरी दलहरूबीच सहकार्यको माध्यमबाट विकासको पथमा अघि बढ्ने बताए ।
‘संविधान, शान्ति र विकासका लागि दलहरूबीच सहमति एकता र सहकार्यको विकल्प छैन,’ उनले भने, ‘अहिलेको प्रमुख चुनौती र काम पनि यही हो ।’
संविधान निर्माणका लागि विगतमा भएका विधिसम्मत सहमतिको स्वामित्व लिएर समाधान हुन बाँकी विषयमा सहमति जुटाएर संविधान निर्माण गर्नु अहिलेको मुख्य काम भएको उनले बताए ।
नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले नयाँ संविधान निर्माण गरी उपलब्ध प्राकृतिक स्रोत साधनको उच्चतम उपयोगबाट मुलुकको कृषि, पर्यटन र जलस्रोतको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्