एमाओवादीसहितका दल कोइरालाको विपक्षमा

२७ माघ २०७०, सोमबार १२:२६ मा प्रकाशित

काठमाडौं, २७ माघ । एमाओवादीसहितका दर्जन बढी दलहरुले प्रधानमन्त्री निर्वाचनमा कांग्रेसका उम्मेदवार सुशील कोइरालालाई मतदान नगर्ने निर्णय गरेका छन् ।
एमाओवादीको पार्टी मुख्यालय कोटेश्वरमा आज (सोमबार) बसेको बैठकले व्यवस्थापिका संसदमा रचनात्मक प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीमा कांग्रेसका उम्मेदवार कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
‘सुशील कोइराला ज्यूको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘व्यवस्थापिका संसदको आजको बैठकमा एमाओवादीसहितका १६ दलले विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’
प्रवक्ता शर्माले संविधान निर्माणमा आफूहरुले रचनात्मक सहयोग गर्ने बताए ।
बैठकमा एमाओवादी, तमलोपा, सदभावना, फोरम नेपाल, संघीय समाजवादी पार्टी, फोरम गणतान्त्रिकलगायतका दलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा

काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।