स्वामित्व लिन भिक्षुणीद्वारा भिक्षुको हत्या

२७ माघ २०७०, सोमबार १०:३२ मा प्रकाशित

कपिलवस्तु, २७ माघ । कपिलवस्तु जिल्लाको तिलौराकोटमा बौद्ध भिक्षु सूर्यमान बज्राचार्यको भिक्षुणी एवं सेविकाबाटै हत्या भएको रहस्य खुलेको छ ।
बज्राचार्य माघ–१२ गते देखि हराइरहेका थिए । उनको शव दुई दिन अघि मात्रै फेला परेको हो । तिलौराकोटस्थित गौतमबुद्ध विहारका सञ्चालक ८७ वर्षीय बज्राचार्यको हत्या ६० बर्षीय भिक्षुणी एवं सेविका शान्ति लोनिया र उनका परिवारले गरेको हो । माघ–१२ गते विहान बज्राचार्यको घाँटीमा डोरी बाँधेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
भिक्षुणीको परिवारले आफूलाई पटक–पटक मार्ने षडयन्त्र गरेको भन्दै भिक्षु बज्राचार्यले प्रशासन समक्ष शान्ति सुरक्षा माग गर्दै आएका थिए ।
बज्राचार्यले भिक्षुणीका परिवारलाई विहार छाडेर जान १ महिनाको अल्टिमेटम दिए पछि लोनियाको परिवार आक्रोशित भएको थियो । सोहि आवेगमा बज्राचार्यको हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
विहारको स्वामित्व आफूले लिन बज्राचार्यको हत्या भएको हुन सक्ने प्रहरी उपरीक्षक रविन्द्र शर्माले जानकारी दिए ।
हत्या पछि बज्राचार्यको शवलाई दिनभरि विहार पछाडिको बारीमा लुकाएर राखेर राति तिलौराकोट–४ स्थित तिलौरी गाउँको पुरानो इट्टाभट्टाको इनार भित्र गाडिएको थियो ।
बज्राचार्यका छोरा राजेन्द्र बज्राचार्यले पिताको हत्या भिक्षुणी शान्ति लोनियाको परिवारले गरेको भन्दै माघ–२२ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
जाहेरी पश्चात प्रहरीले भिक्षुणी शान्तिसहित उनका छोरा बद्री लोनिया, माधव लोनिया, नातिनी सोनिया लोनियालगायत ७ जनालई नियन्त्रणमा लिएको छ । सोधपुछका क्रममा बद्री लोनियाले हत्या गरेको बयान दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर