अध्यक्ष रेग्मी सर्वोच्च नफर्कने मूडमा

२७ माघ २०७०, सोमबार ०६:२१ मा प्रकाशित

काठमाडौं, २७ माघ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सर्वोच्च अदालत नफर्कने भएका छन् । दलहरूबीच भएको ११ बुँदे सहमति र राष्ट्रपतिद्वारा फुकाइएको २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशमार्फत प्रधानन्यायाधीशकै हैसियतमा मन्त्रिपरिषद् अध्यक्ष बनेका रेग्मी नयाँ सरकार गठन भएपछि प्रधानन्यायाधीशका हैसियतमा न्यायालय नफर्कने भएका हुन् ।

राजनीतिक दलहरूबीच चुनावी सरकार गठनमा कुरा नमिलेपछि एकीकृत नेकपा माओवादीको प्रस्तावमा बाधा अड्काउ फुकाउ आदेशमार्फत सरकारको नेतृत्वमा पुगेका रेग्मीले सोमबार साँझ या मंगलबार आपूm सर्वोच्च अदालत नफर्कने औपचारिक घोषणाको आन्तरिक गृहकार्य अघि बढाएका छन् ।

प्रधानन्यायाधीशकै हैसियतमा ११ महिना सरकारको नेतृत्व गरेर संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका रेग्मी पूर्वपदमा फर्कने या नफर्कने भन्ने अड्कालबाजी भइरहेका बेला सरकार प्रमुख भइसकेको आधार देखाई सर्वोच्च नफर्कने निर्णय लिएको उनीनिकट स्रोतले बतायो ।

‘उहाँले सर्वोच्च नफर्कने बताउनुभएको छ, तर प्रधानन्यायाधीश पदबाट राजीनामा दिने या अन्य कुनै विकल्पमा जाने विषयमा भने निर्णय लिइसक्नुभएको छैन,’ मन्त्रिपरिषद् अध्यक्ष सचिवालयका एक उच्च अधिकारीले भने ।

१ चैत २०६९ मा मन्त्रिपरिषद् अध्यक्षको शपथग्रहण गरेका रेग्मीले संसद्बाट सोमबार नै प्रधानमन्त्री चयन हुने पक्का भएपछि आपू निकटस्थलाई बोलाएर सर्वोच्चमा फर्कन इच्छुक नभएको जानकारी दिएका हुन् । यद्यपि, चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिसम्बन्धी विवादमा दिनभर समय दिनुपरेका कारण उनले निर्णयलाई औपचारिकता दिन भने भ्याएनन् ।

प्रधानन्यायाधीशकै हैसियतमा सरकार प्रमुख बनेपछि शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको भन्दै नेपाल बार एसोसिएसनलगायत पेसागत संघ÷संस्थाले उनको चर्को विरोध गर्दै आएका छन् । बारले उनले शपथ लिएको दिन (एक चैत) लाई न्यायालयको इतिहासमै कालो दिनको घोषणा गर्दै रेग्मी सर्वोच्च फर्किए बहिष्कार गर्नेसम्मको चेतावनी दिँदै आएको छ ।
सोमबार नै मुलुकले नयाँ प्रधानमन्त्री पाउने पक्का भएपछि आइतबार बसेको नेपाल बारको केन्द्रीय कार्यसमिति, पूर्वपदाधिकारी र उपत्यकास्थित सबै बार एकाइका पदाधिकारीले रेग्मीलाई रोक्नेबारे छलफल गरेका थिए । रेग्मीलाई सर्वोच्च फर्कन दिनु हुँदैन भन्ने निष्कर्षसहित सम्पन्न बैठकपछि बारले सर्वोच्च फर्किए कस्तो आन्दोलन गर्ने भन्ने निर्णय लिन सोमबार बैठक डाकिसकेको छ ।

तर, रेग्मीले कसैको डर वा दबाबमा नभई नैतिकताका आधारमा अदालत नफर्कने निष्कर्ष निकालेको उनीनिकटको भनाइ छ । ‘उहाँ बार या कसैको विरोधका कारण भन्दा पनि स्वविवेक र हार्दिकताका साथ सर्वोच्च नफर्कने निर्णयमा पुग्नुभएको हो, सायद उहाँले सर्वोच्चमा प्रधानन्यायाधीशका हैसियतमा पाइला टेक्नु पनि हुन्न,’ रेग्मी प्रधानन्यायाधीशका रूपमा नफर्कने प्रस्ट पार्दै सचिवालयका ती अधिकारीले भने ।

बाधा अड्काउ फुकाउ आदेशको १५ नम्बर बुँदाअनुसार अर्को सरकार गठन भएलगत्तै वर्तमान मन्त्रिपरिषद् स्वतः निष्क्रिय हुनेछ । रेग्मीले सो बुँदाकै आधारमा संसद्ले नयाँ प्रधानमन्त्री छान्नेबित्तिकै आपू सर्वोच्च नफर्कने औपचारिक घोषणा गर्नेछन् । स्रोतका अनुसार ११ महिनासम्म सरकार सञ्चालनमा सहयोग पु-याउनेप्रति आभार व्यक्त गर्दै रेग्मीले सरकारको यात्राबाट विश्राम लिँदै छन् ।

प्रधानन्यायाधीशकै हैसियतमा सरकार प्रमुख बन्दै निर्वाचनसमेत सम्पन्न गराएका रेग्मी सभासद् बन्ने, न्यायालय फर्कनेजस्ता अड्कालबाजी भइरहेका बेला उनले पहिलो पटक आङ्खनो भावी यात्राबारे मुख खोलेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर