दुबईमा नेपाली एकता समाज युएईको दोस्रो राष्ट्रिय भेला सम्पन्न

९ बैशाख २०६९, शनिबार १८:३८ मा प्रकाशित

दुबई, युएई । सन् १९९८ मा स्थापना भएको नेपाली एकता समाज अन्तर्राष्ट्रिय रुपमा विश्वको विभिन्न देशहरुमा परिचालनमा रहेको छ । विश्वमध्ये युएईस्थित सञ्चालनमा रहेको नेपाली एकता समाज युएईले हिजो २० अप्रिल शुक्रबारका दिन दुबईको फोरचिउन होटलमा आफ्नो दोस्रो राष्ट्रिय भेला विधिवत रुपमा नयाँ सालको शुभकामना आदानप्रदानसंगै विभिन्न सांगीतिक माहौलमा सम्पन्न गरेको छ ।

उक्त भेलाको अध्यक्षता नेपाली एकता समाज युएईका उपाध्यक्ष शिवराज जैसीले गर्नु भएको थियो भने प्रमुख अतिथिको आसनमा अन्तर्राष्ट्रिय उपाध्यक्ष मानबहादुर थापा रहनुभएको थियो । बिशेष अतिथिमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल रहनुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा महिला समितिकी महासचिव सावित्री एमसी फेवा फोर्सका अध्यक्ष गुप्तशेखर पौडेल विश्व साइकल यात्री शौरभ दाहाल हिमालयन टेलिभिजनका प्रतिनिधि राजेन्द्र कुँवर नेपाली चलचित्रका चर्चित नायिका पूजना प्रधान र चर्चित मोडल आशिष पुरुष रहेका थिए ।

प्रमुख अतिथि मानबहादुर थापा र विशेष अतिथि कृष्ण ढकालको संयुक्त रुपमा दीप प्रजोजलन गरि थालनी गरिएको भेलाको शुभकामना मन्तव्य सचिव लेखनाथ अधिकारीले राखेका थिए । ‘छेकिएर छेकिँदैन इतिहासको पानालाई.. रोकिएर रोकिँदैन जनताको आंधीलाई.. झरनाको चिस्सो पानी…’ रंक्तिम परिवारका प्रस्तुतिमा रहेको यो गीतले दर्शकहरुको मनलाई छुनमा सफल भएको थियो भने सूर्य केसीको प्रस्तुति ‘दुबई घुम्नलाई आएको.. बिच बाटोमा यति राम्री सुन्दरी भेट भएको..’ गीतले दर्शकहरुलाई नचाएर नै छाडेका थिए । त्यस्तै अन्य सांगीतिक प्रस्तुतिले भेलाको माहौललाई तताएका थिए ।

विभिन्न क्षेत्रमा आफ्नो योगदान दिने व्यक्तिहरुलाई सम्मान-पत्र दिएर सम्मानित गरेका थिए । जसमा सम्मानित हुने व्यक्तिहरुमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा, नेपाली चलचित्रका चर्चित नायिका पूजना प्रधान, विश्व साइकल यात्री शौरभ दाहाल र हिमालयन टेलिभिजनका प्रतिनिधि राजेन्द्र कुंवर रहेका थिए ।

सोही अवसरमा मानबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसमा क्रमशः उपाध्यक्षमा कृष्ण केसी, लेखनाथ अधिकारी, यामबहादुर पुन, महासचिवमा कृष्ण भुसाल, सचिवमा प्रकाश जिसी र कोषाध्यक्षमा केशव शर्मा रहेका छन् भने सदस्यहरुमा चिरन केसी, तुल्सा थापा, सावित्री एमसी, रेशम सापकोटा र योगेन्द्र थापालाई चयन गरेको छ । अन्य वैकलपिक सदस्यहरुमा लिलाकान्त चालिसे, टिका खड्का, शुकबहादुर गुरुङ, प्रविन विक र जुना पछाई रहेका छन् । त्यस्तैगरी सल्लाहकारहरुमा शिवराज जैसी, दीपक शाह र देवबहादुर थापा रहेका छन् ।

विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरु रहेका दोस्रो राष्ट्रिय भेलाको सञ्चालन समाजसेवी कृष्ण भुसालले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न