कोइरालाका समर्थक ओली, प्रस्तावक पौडेल, उम्मेदवारी दर्ता

२६ माघ २०७०, आईतवार १७:२६ मा प्रकाशित

कांग्रेस र एमालेबीच छ बुँदे सहमति

काठमाडौं, २६ माघ । कांग्रेस सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाले एमालेको समर्थनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेसँगको आजै (आइतबार) भएको छ बुँदे सहमति लगत्तै कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । संसद सचिवालयले तोकेको समय भित्र कोइरालाले उम्मेदवारी दर्ता गराएको कांग्रेसले जनाएको छ । भोलि सोमबार प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ । कोइरालाको प्रस्तावकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थकमा एमालेका संसदीय दलका नेता केपी ओली रहेका छन् । एमालेले सरकार गठनका लागि कांग्रेसले राखेको प्रस्तावलाई स्वीकार गरेको हो । कांग्रेस र एमालेबीच एकबर्ष भित्र नयाँ संविधान जारी गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने सहमति पनि भएको छ । यसैबीच, एमालेले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । गौतमले उपप्रधानसहितको एक मन्त्रालय लिने एमालेले जनाएको छ ।

 कांग्रेस र एमालेबीच भएको सहमति

१. १२ बुँदेदेखि अहिलेसम्म भएगरेका सहमतिलाई संस्थागत गर्न एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।
२. अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
३. संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।
४. एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने।
५. एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
६. सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक