प्रेमिकाको प्रसंगमा साथीको हत्या

२६ माघ २०७०, आईतवार १५:४५ मा प्रकाशित

इलाम, २६ माघ । इलामको माईखोला नजिकै गिट्टी, बालुवा संकलन गरी बिक्री गर्ने एक मजदुरको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले आज (आइतबार) इलाममा पत्रकार सम्मेलन गरेर शान्तिनगर–१ घर भई विगत लामो समयदेखि मजदुरी गर्दै आएका २२ वर्षीय सुमन राईको हत्यामा संलग्न महमाई–३ का २२ वर्षीय विच्छी भनिने फूलकुमार धमलालाई सार्वजनिक गरेको हो ।

माघ–१ गते इलामको नामसालिङ र गोदक गाविसको बीचमा पर्ने माईबेनी मेलामा अत्यधिक मादक पदार्थ सेवन गरी घर फर्कंदै गरेका सुमन राई र फूलकुमारबीच सामान्य कुरामा विवाद भएको थियो । उनीहरूबीच प्रेमिकाको कुरालाई लिएर विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी भनाई छ ।

प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले प्रेमिकाको विषयमा दुईजनाबीच झगडा हुँदा सुमनको ज्यान गएको बताए । फूलकुमारले मृतक राईलाई अनुहार र टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै

काठमाडौं । पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन्