सहमतिका लागि दलहरूको प्रयास तीब्र, मोर्चा र माओवादीबीच छलफल

९ बैशाख २०६९, शनिबार १६:२८ मा प्रकाशित

काठमाडौ, ९ वैशाख । विभिन्न विषयमा सहमतीका लागि राजनीतिक दलहरुले आज पनि आफ्ना छलफल जारी राखेका छन् । अहिले एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाबीच छलफल भइरहेको छ । माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा छलफल भइरहेको हो ।
यसअघि आजै भएको छलफलमा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेस संविधान निर्माणलगायतका विषयमा साझा धारणा खोज्न सहमत भएका छन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको निवास लाजिम्पाटमा भएको दुई दलको छलफलमा यस्तो सहमति भएको हो । आजको छलफलमा सबै विषयलाई एकमुष्ठ रुपमा समाधान गर्नेगरी छलफल भए पनि तर कुनै पनि विषयमा सहमति नभएको काँगेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
दुई दलको बैठकमा शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल भएको थियो । यसैगरी माओवादीका सचिव पोष्टबहादुर बोगटीले शासकीय स्वरुपको विषयमा अनौपचारिक सहमति भए पनि चार दलको बैठकमा लगेर टुङ्ग्याइने जानकारी दिनुभयो । छलफलमा मुख्य गरी शासकीय स्वरुप र राज्य पुनः संरचनाको विषयमा छलफल भएको सचिव बोगटीले जानकारी दिनुभयो । विवादहरु समाधान गर्न बैठक सकारात्मक देखिएको जानकारी दिए पनि के के विषयमा सहमति नजिक पुगिएको भन्ने बारेमा भने नेताहरुले केही बताएनन् । विवादित विषयहरूमा सहमति जुटाउन भोलिसम्ममा दलहरू सफल नभए नियमित प्रक्रियाबाट विवादहरूको टुङ्गो लगाइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

गलेश्वर। पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट

काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्तासँग सम्बन्धित

आजको प्रमुख समाचार