बांकेमा माछापालक कृषकको संख्या बढ्दो

२६ माघ २०७०, आईतवार ११:३५ मा प्रकाशित

नेपालगन्ज, २६ माघ । बांके जिल्ला कृषि विकास कार्यालयले ‘माछा अभियान’ कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक माछापालक कृषकको संख्या ह्वात्तै बढेको जनाएको छ ।
विगत चार वर्षदेखि अभियान सञ्चालनमा ल्याइएपछि जिल्लामा अहिले ३ सय ५ हेक्टर क्षेत्रफलमा एक हजार १५ जना कृषक माछापालन व्यवसायमा संलग्न हुनुलाई ठूलो उपलब्धिका रूपमा हेरिएको कार्यालयले जनाएको छ ।
करिब ५० हेक्टर क्षेत्रफलबाट सुरु भएको सो अभियान सञ्चालन भएपछि बर्सेनि माछापालन गर्ने कृषक र पोखरी संख्या बढ्दै गएको कार्यालयका मत्स्य विकास अधिकृत वसिरअहमद खांले बताए ।
उनका अनुसार अहिलेसम्म एक हजार २ सय ५८ माछापोखरी निर्माण गरिएका छन् । वार्षिक १ सय ६८ मेट्रिकटन माछा उत्पादन भइरहेको छ ।
वार्षिक ३० लाख माछाको भुरा आवश्यक भए पनि मागको २० प्रतिशत मात्र जिल्लामा भुरा उत्पादन भइरहेको छ । आवश्यक माछाका भुरा अन्य जिल्लाबाट आयात हुंदै आएको छ ।
सिल्भर कार्प, बिड हेड कार्प, ग्राम कार्प, कपन कार्प, नैनीलगायत जातका माछापालन हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ