कांग्रेसद्धारा एमाओवादीसंग सहयोगको माग

२६ माघ २०७०, आईतवार १०:३६ मा प्रकाशित

सरकार बनाउन कांग्रेस नयां समीकरणमा


काठमाडौं, २६ माघ । कांग्रेसले बहुमतीय सरकारमा सहयोग गर्न एमाओवादीसंग आग्रह गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग आज (आइतबार) लाजिम्पाटस्थित निवासमा भएको छलफलमा कांग्रेसका शीर्ष नेताहरुले सरकार बनाउन सहयोगको माग गरेका हुन् । कांग्रेसले एमाओवादीसंग सकारात्मक आश्वासन पाएको नेताहरुको भनाई छ ।
छलफल पछि पत्रकारसंग कुरागर्दै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकार गठनमा सहयोग गर्न एमाओवादीसंग आग्रह गरिएको जानकारी दिए । ‘बहुमतीय सरकार गठनमा सहयोग गर्न एमाओवादीसंग आग्रह गरेका छौं,’ उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नु भएको छ ।’
एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्ने भन्दै अडानबाट पछि हट्ने संकेत नगरे पछि कांग्रेसले सरकार बनाउन बैकल्पीक बाटो खोजेको हो । कांग्रेसले तेस्रो ठूलो दल एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपाको समर्थनमा सरकार बनाउने तयारी गरेको कांग्रेसका एक नेताले जनाए ।
एमाओवादी अध्यक्ष दाहालसंगको छलफलका लागि सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली