केटाकेटीको झगडामा ५ वर्षीय बालकको हत्या

२६ माघ २०७०, आईतवार ०९:५३ मा प्रकाशित

प्यूठान, २६ माघ । प्यूठानको बांगेशाल–१, कालीवनमा पांच वर्षीय बालकको हत्या भएको छ ।

स्थानीय २६ बर्षीय चन्द्रकला कुमालले शनिबार छिमेकी ईश्वरबहादुर कुमालका छोरा शरद कुमालको हत्या गरेकी हुन् । चन्दकलाले खुर्पा प्रयोग गरेर पांच वर्षीय शरदको हत्या गरेको प्यूठान प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए ।

छिमेकमा केटाकेटीबीच झगडा हुंदा आफ्नो बच्चाले पिटाई खाएको रिसको आवेगमा चन्दकलाले संगै खेलेका शरदको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्यामा संलग्न चन्द्रकलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता