डा.कोइरालाको राजीनामा स्वीकृत

२६ माघ २०७०, आईतवार ०६:४२ मा प्रकाशित

काठमाडौं, २६ माघ । त्रिवि कार्यकारी परिषद्ले शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.भगवान कोइरालाले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
प्रा.डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन नभएको र आआफूलाई काम गर्न बाधा पु-याएको भन्दै डा.कोइरालाले राजीनामा दिएका थिए ।
त्रिवि रेक्टर प्रा.डा. चन्द्रमणि पौडेलले कोइरालाले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिए । ‘शनिबार बसेको कार्यकारी परिषद्को बैठकले डा.भगवान कोइरालाले दिएको राजीनामा स्वीकृत गरेको छ,’ पौडेलले भने, ‘सर्च कमिटीलाई नयाँ डिनको नाम चाँडोभन्दा चाँडो सिफारिस गर्न अनौपचारिक निर्देशन दिइयो ।’
त्रिवि कार्यकारी परिषद् र आईओएमको लडाइँमा अस्पताल चेपुवामा परेको भन्दै केही समययता डा।कोइरालाले असन्तुष्टि जनाउँदै आएका थिए ।
अस्पतालको अवस्था बिगँदै जाँदा पनि त्रिवि कार्यकारी परिषद् कानमा तेल हालेर बसेका कारण आपूmले काम गर्न नसक्ने कोइरालाले आपूनिकटस्थ चिकित्सकहरूसँग गुनासो गर्दै आएका थिए ।
अस्पताललाई रणभूमि बनाउन दिएर आपू पदमा बसिरहन आङ्खनो मर्यादाले नदिने भन्दै राजीनामा दिएको उनीनिकट स्रोतको भनाइ छ । ‘अस्पताल र आईओएममा अनगिन्ती समस्या थपिँदै गएका छन्, पछिल्लो खेलले त्यसमा झनै समस्या उत्पन्न गरेको छ,’ डा।कोइरालाको भनाइ उद्धृ्रत गर्दै स्रोतले भन्यो, ‘सरकारको निर्देशन त्रिवि कार्यकारी परिषद् नमान्ने, त्यसको असरले जहिले पनि अस्पताल आन्दोलनको रणभूमि हुनुपर्ने । यस्तो अवस्थामा आपू काम गर्न नसक्ने भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।’
यसैबीच, शनिबार नै त्रिवि कार्यकारी परिषद्ले डा।कोइरालाको राजीनामा स्वीकृत गरेसँगै निमित्त कार्यकारी निर्देशकमा डा।रतेन्द्रमान श्रेष्ठलाई नियुक्ति गरेको छ । तर, डा.श्रेष्ठले आपूले पत्र पाइनसकेको बताए ।
४ मंसिर २०६९ बाट शिक्षण अस्पतालको कार्यकारी निर्देशक समाल्दै आएका डा.कोइरालाले यसअघि आपूm गंगालाल हृदयरोग केन्द्रको निर्देशक हुँदा अस्पताललाई राम्रो प्रणालीमा लगेका थिए । उनलाई नेपाली चिकित्सा क्षेत्रमा एक कुशल प्रशासक र अनुभवी चिकित्सकको रूपमा लिइन्छ । माओवादी नेतृत्वको सरकारको पालामा त्रिवि र अस्पतालकै एउटा समूहले असहयोग गरेको भन्दै कोइरालाले २८ फागुन २०६९ मा पदबाट राजीनामा दिएका थिए ।
तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराईले अस्पताललाई सुधार गर्न सहयोग प्रतिबद्धता जनाएपछि उनी ११ चैतदेखि पुनः काममा फर्किएका थिए ।
गंगालालमा निर्देशक हुँदा कोइरालाले बिरामीलाई छिटो उपचार गर्ने व्यवस्था गर्नुका साथै नमुना अस्पतालको रूपमा विकास गरेका थिए । उनी निर्देशक हँदा सुरु भएको व्यवस्थापकीय, प्रशासनिक र चिकित्सकीय सेवाको चुस्त व्यवस्थापनकै कारण अस्पतालले छोटै समयमा धेरै प्रगति गरेको छ ।
शिक्षण अस्पतालमा भगवानका काम त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्त भएपछि डा।कोइरालाले कर्मचारी तथा चिकित्सकहरूलाई प्रोत्साहन गर्ने, बिरामीहरूलाई सहज उपचार पाउने प्रक्रियाको थालनी गरेका थिए । घाटामा गएको अस्पताललाई उनकै पहलमा आफ्नै स्रोतबाट आन्तरिक खर्च धान्ने अवस्थामा पु(याएका थिए ।
शिक्षण अस्पतालमा आएका बिरामीलाई उपचार हुन नसक्ने भन्दै निजी अस्पताल रिफर गर्ने परिपाटीलाई उनले धेरै मात्रामा घटाएका थिए भने अस्पतालको व्यवस्थापनलाई छोटो समयमै चुस्त र दुरुस्त पारेका थिए । उनले बिरामी र कुरुवाको गुनासो सुन्ने व्यवस्थासमेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले