कन्या क्याम्पस अपांगमैत्री बनाइने

२६ माघ २०७०, आईतवार ०६:३४ मा प्रकाशित

काठमाडौं, २६ माघ । समुदायद्वारा सञ्चालित डिल्लीबजार कन्या क्याम्पस अपांगमैत्री बनाइने भएको छ । काठमाडौं डिल्लीबजारमा २०५३ सालदेखि सञ्चालित सो क्याम्पसका भौतिक संरचना आपांगमैत्री बनाउने निर्णय भएको क्याम्पस प्रमुख भोलानाथ रेग्मीले जानकारी दिए । डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको बैठकले छात्रामात्र अध्ययनरत क्याम्पसलाई अपांगमैत्री बनाउने निर्णय गरेको हो ।
क्याम्पस सञ्चालक समितिले शुक्रबार नै विशेष समारोह आयोजना गरी संविधानसभामा सभासद् निर्वाचन क्याम्पस सञ्चालक समितिका तीन सदस्यलाई सम्मानसमेत गरेको छ । सञ्चालक समिति सदस्यहरू एमालेका रामेश्वर फुयाँल, राप्रपा नेपालका विक्रमबहादुर थापा र तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल अहमद शाहलाई सम्मान गरिएको हो ।
कार्यक्रममा क्याम्पसले सहप्राध्यापक मनु काङ्खलेलाई पनि सम्मान गरेको छ । सञ्चालक समिति अध्यक्ष नृपेन्द्रनाथ रिमालको अध्यक्षतामा सम्मान कार्यक्रममा सभासद्त्रय फुयाँल, थापा र शाहले आफूहरू सभासद् भएर देश निर्माणमा सक्दो योगदान दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी