माग पुरागराउन प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

२५ माघ २०७०, शनिबार १७:०९ मा प्रकाशित

काठमाडौं, २५ माघ । त्रिभुवन विश्वविद्याल प्राध्यापक संघले पाँच दिने अल्टिमेटमसहित आन्दोलनको घोषणा गरेको छ ।
संघले आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर माग पुरा गराउन आफूहरुले अघि सारेका २१ बुँदे मागप्रति विश्वविद्यालयले बेवास्ता गरेको आरोप लगाएको हो ।
माग पुरा गराउन दबाव दिने उदेश्यले संघले फागुन–१ गते त्रिवि अन्र्तगतका ६० वटा आंगिक क्याम्पस र चार वटा अनुसन्धान केन्द्रमा एक दिन संकेतिक कलम बन्द गर्ने जनाएको छ ।
त्रिविमाथिको हस्तक्षेपको अन्त्य, विश्वविद्यालय टुक्राउन नहुने, साउन–१ देखिको तलवमान अविलम्ब उपलब्ध गराउनु पर्ने, सेमेष्टर प्रणाली छलफलबाट मात्र अघि बढाउनु पर्ने, उपप्राध्यापकको स्थायी दरवन्दी स्वीकृत गराउनु पर्ने, उपप्रशिक्षकदेखि प्राध्यापकसम्मको विज्ञापन गर्नु पर्नेलगायतका माग संघको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो