सुनसरीमा खुकुरी प्रहार गरी पत्नीको हत्या

२५ माघ २०७०, शनिबार १०:३० मा प्रकाशित

मोरङ, २५ माघ । सुनसरीको महेन्द्रनगर गाविस वडा नम्बर ४ मा लालबहादुर लिम्बुले आफ्नी पत्नीको हत्या गरेका छन् ।

२८ वर्षीय लालबहादुरले घरायसी बिवादका क्रममा ३० बर्षीया सन्चुमाया लिम्बुको हत्या गरेका हुन् । उनले पत्नीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी सन्चुमायाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (शनिबार) उपचारका क्रममा मृत्यु भएको हो ।

खुकुरी प्रहार गर्ने लालबहादुरलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–