‘सधैं पुरुष मात्रै किन खोज्ने ? यस पटक महिलालाई किन नरोज्ने ?’

२५ माघ २०७०, शनिबार ०९:३२ मा प्रकाशित

काठमाडौं, २५ माघ । दोस्रो संविधानसभा निर्वाचन ४ मंसिरअघि कात्तिक अन्तिम साता महिलावादी चार संस्थाले सञ्चारमाध्यममार्फत एउटा अभियान चलाए । अभियानले भन्थ्यो, ‘सधैं पुरुष मात्रै किन खोज्ने ? यस पटक महिलालाई किन नरोज्ने ?’

उनीहरूका अनुसार २ सय ४० ओटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै महिलालाई जिताएर संविधानसभामा महिला सहभागितालाई उपलब्धिको रूपमा रक्षा गर्ने उद्देश्य थियो ।

मिडिया एड्भोकेसी ग्रुप, दिदी–बहिनी, साथी र सञ्चारिका समूहले चलाएको ‘महिला जिताउ’ अभियानमा एउटै निर्वाचन क्षेत्रमा १० जनासम्म महिलालाई जिताउनुपर्ने आह्वान थियो । त्यो आह्वान कति जायज थियो, समीक्षाको विषय हो । तर, संविधानसभामा महिलावादीको अभियानको प्रभावभन्दा पनि उम्मेदवारको सशक्त प्रस्तुति र प्रतिनिधित्व गर्ने पार्टीको प्रभावका बाबजुद २ सय ४० क्षेत्रबाट १० जना महिलाले मात्र प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्न सके ।

देशभरबाट महिलावादीको अभियान र राजनीतिक दलले खडा गरेका महिला उम्मेदवार आ–आङ्खनै कारणले पराजित भए । तर, पश्चिमाञ्चलको कास्की मात्र इतिहास रच्न सफल भयो । इतिहास यस अर्थमा कि अभियन्ताले भन्दै आएको आधा आकाशको नारालाई उनीहरूले सफल पारिदिए । नारालाई कास्कीमा सार्थक पारे पनि उनीहरू महिला भएकै आधारमा मात्र आपू विजयी भएको तर्कसँग भने सहमत छैनन् ।

चार निर्वाचन क्षेत्र रहेको कास्कीमा क्षेत्र नम्बर–२ बाट कांग्रेसकी शारदा पौडेल र क्षेत्र नम्बर–४ बाट एमालेकी सीता गिरी (ओली) ले विजय हासिल गरे । पौडेल अभियन्ताले जिताउनैपर्ने सूचीमा राखेका पाँच महिलालाई पछि पार्दै विजयी बनिन् । भन्छिन्, ‘महिला भएकाले मात्र होइन संविधान बनाउने मेरो प्रतिबद्धता र विगतमा स्थानीयस्तरमा मैले गरेको विकाससहितको समाजसेवाका कारण चुनाव जितें ।’

महिला अधिकारको पक्षमा वकालत गर्ने उनी संविधानसभा निर्वाचनमा भने पार्टीको निर्देशन र नीति लिएर मतदातामाझ पुगिन् । महिलावादीले आफूसँगै जिताउनुपर्ने सूचीमा राखेका स्वतन्त्रसहित अन्य पाँच उम्मेदवारसँग भन्दा उनलाई एमाले र एकीकृत नेकपा माओवादीका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नु थियो । आपूmलाई महिला भएको आधारमा भन्दा पार्टीको नीतिलाई मन पराएर भोट दिएको उनको विश्वास छ । त्यसैले उनले निर्वाचनका दौरान कहिले पनि महिला भएको आधारमा भोट दिन आग्रह गरिनन् । निर्वाचनमा विजयी भएपछि राजधानीसँग कुरा गर्दै उनले आपूm महिला भएको आधारमा मात्र विजयी भएको नभई आपूmले गरेको कामलाई जनताले पत्याएको बताएकी थिइन् ।

निर्वाचित भएलगत्तै अरू उम्मेदवार विजयउत्सव मनाइरहँदा उनी अर्मलामा जमिन भासिने विपत्तिमा परेकाको उद्धारका लागि मन्त्रिपरिषद् अध्यक्षदेखि उच्चपदस्थ अधिकारीसँग हारगुहार गर्दै थिइन् । ‘अर्मलापीडितलाई राहतका लागि विजयी भएलगत्तै जुलुसमा पनि सहभागी नभई काठमाडौं र प्रशासनमा नधाएको भए अर्मलामा राज्यको ध्यान नै पुग्ने थिएन,’ आपू जनतासँगै रहेको प्रमाण दिँदै उल्टो प्रश्न गरिन्, ‘अब भन्नुहोस्, म कुनै वर्ग र लिंगको भन्दा पनि जनताको नेता हँ कि होइन ?’

कास्की–४ बाट विजयी गिरीलाई पनि उम्मेदवारी दिँदा प्रतिस्पर्धी पुरुषले ‘ह्यारेस’ गर्न खोजेका रहेछन् । महिला भएको आधारमा मलाई ह्यारेस गर्ने काम त भयो, तर विगत ३० वर्षदखि वैचारिक आन्दोलनमा लागेको र पार्टी नीतिका कारण मैले विजय प्राप्त गरें,’ गिरी भन्छिन् । आपूmलाई महिला आन्दोलनको अभियन्ता भन्दा राजनीतिज्ञ भन्न रुचाउने गिरी पार्टीको विचार सशक्त राख्न सकेको र जनताले महिलालाई माथि उठाउनुपर्छ भन्ने आसयले मतदान गरेका कारण आपूले विजय हासिल गरेको बताउँछिन् ।

महिलावादीका आन्दोलनका बाबजुद पनि अघिल्लो संविधानसभाको तुलनामा कम महिला प्रतिनिधित्व भएकोमा चिन्तित गिरी संख्यात्मक उपस्थिति कम भए पनि महिला अधिकारका पक्षमा सशक्त रूपमा संविधानसभामा प्रस्तुत हुने तयारीमा छन् । प्रतिनिधित्वले मात्र महिलाको विकास हुन नसक्ने तर्क बोकेर मत माग्न निस्किएकी गिरीले निर्वाचनका दौरान आपूmले महिलाका रूपमा भन्दा पार्टीको विचार र नीतिको वकालत गरेकै कारण विजयी भएको बताइन् ।

पौडेलले जस्तो अन्य महिलासँग नै प्रतिस्पर्धामा उत्रनु नपरे पनि कांग्रेसका महादेव गुरुङ, एमाओवादीका गुप्तबहादुर ठकुरी, संघीय समाजवादीका गणेशमान गुरुङजस्ता हस्तीलाई पछार्न सकेकोमा उनलाई गर्व छ । महिला भएका कारण संविधान निर्माणसँगै महिला अधिकार र सहभागिताबारे निरन्तर लाग्ने उनको अठोट छ ।

त्यसो त कास्की–४ की मतदाता जानुका गुरुङ गिरीलाई महिला उम्मेदवार र नेतृका रूपमा भन्दा वैचारिक आन्दोलनकी अगुवा भएका नाताले आपूmले मत दिएको बताउँछिन् । ‘महिला भएकै नाताले भन्दा पार्टीको विचार र उनको राजनीतिप्रतिको निरन्तर लगावका कारण केही गर्न सक्ने नेताका रूपमा भोट दिएर जिताएका छौं,’ गुरुङ भन्छिन् ।

पौडेललाई मतदान गरेका मतदाता शिव शेर्पाको पनि गुरुङकै जस्तो मत छ । भन्छन्, ‘वैचारिक आन्दोलनको अगुवाइ गर्ने महिला नेतृलाई नेता बनाउने हाम्रो अभियान सफल भएको छ, अब उनी महिला मात्र होइन सशक्त राजनीतिज्ञ पनि बन्न सक्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर