संखुवासभामा अज्ञात समूहद्वारा एकै परिवारको तीनजनाको हत्या

२४ माघ २०७०, शुक्रबार १६:०७ मा प्रकाशित


संखुवासभा, २४ माघ । संखुवासभा जिल्लामा अपरिचित समूहले तीन आमा छोरीको हत्या गरेको छ । पाथिभरा–१, एकुवा बस्ने ३३ बर्षीया काली माया शेर्पा, उनकी ११ बर्षीया छोरी मिङ किपा शेर्पा र ५ बर्षीय छोरा निम लामु शेर्पा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उनीहरुको शव आफ्नै घर भित्र रहेको थियो ।
५/६ दिन अगाडिदेखि घरको ढोकामा बाहिरबाट ताल्चा लगाएको देखे पछि छिमेकीहरुले कहाँ गए भनी खोजतलास गर्न प्रहरीलाई आग्रह गरेका थिए ।
बिहीबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा खबर गर्नासाथ प्रहरी चौकी स्याक्सिलागोबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले घर भित्र हेरेका हुन् । घरको ताला फोडी हेर्दा आमा र छोरीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा तीनै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक कालीमाया शेर्पाका श्रीमान हाल बैदेशिक रोगजारका लागि बिदेशमा छ । तीन आमानानीको हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले हत्यामा संलग्नहरुको खोजतलास सुरु गरिसकेको छ ।

उता, तेह्रथुममा पनि खुकरी प्रहार गरी आफ्नै भाईको हत्या भएको छ । चुहानडाँडा–२ बस्ने १८ बर्षीय केदार खातीलाई प्रहरीले आफ्नै भाईको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका केदारले बिहीबार बेलुका १४ बर्षीय भाई भक्त खातीको हत्या गरेका हुन् । उनले भाईको टाउकोमा खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
खुकुरी प्रहार पछि गम्भीर घाईते भक्तको उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी चुहानडाँडा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यता, धादिङमा कुटपिट गरी ज्यान मारेको अभियोगमा धनकुटा जिल्ला बुढीमोरङ–१ घर भएका २५ बर्षीय सरोज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले बिहीबार बेलुका गजुरी–१, सोती खोला भन्ने स्थानमा सिटीईभिटीको बन्दै गरेको भवनमासंगै काम गर्ने कामदार वतन खुल्न नसकेका ३५ बर्षीय संजय ठाकुरलाई कुटपिट गरेर हत्या गरेका हुन् । ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको