पाकिस्तानमा विमान दुर्घटना, ११८ जनाको मृत्यु

८ बैशाख २०६९, शुक्रबार २१:४२ मा प्रकाशित

कराची, पाकिस्तान, (एजेन्सी) ८ बैशाख । उत्तरी पाकिस्तानमा १२७ जना चढेको यात्रुवाहक विमान दुर्घटना भएको छ। भोज एअरको सो बोइङ ७३७ विमान कराचीबाट इस्लामावादतर्फ उडिरहेको थियो। दुर्घटनामा ११८ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयलाई उद्‌धृत गर्दै पाकिस्तानी मिडिया डनको अनलाइन संस्करणले जनाएको छ। सेनाले विमान इस्लामावाद विमानस्थलबाट १५ किलोमिटर टाढा लोइ भिर इलाकामा खसेको बताएको पाकिस्तानी पत्रकार खालिद खानले बताए। सेनाले त्यस क्षेत्रमा उद्धार कार्य थालेको छ। खानका अनुसार लोइ भिरका स्थानीय बासिन्दाहरुले विमान दुर्घटना हुनुभन्दा अघि नै त्यसमा आगो लागेको देखेको बताएका छन्। विमान खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ। स्थानीय समय अनुसार साँझको ६ बजेर ४० मिनेट जाँदा विमान दुर्घटना भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा