माडीमा हात्तीको आक्रमणबाट दुई घरमा क्षति

२४ माघ २०७०, शुक्रबार ११:२३ मा प्रकाशित

चितवन, २४ माघ । चितवनको माडीमा जगंली हात्तीले स्थानीयका दुई घर भत्काई दिएका छन् ।

गाउं पसेका हात्तीले बघौडा–२, पौवारीमा आज विहान (शुक्रबार) करीव दुई बजे मानबहादुर श्रेष्ठ र दिलबहादुर भुजेलको घर भत्काई दिएका हुन् ।
हात्तीको आक्रमणबाट घर पूर्णरुपमा क्षति भएको पीडितले बताए । हात्तीले घर भत्काउन थालेपछि आफूहरु घरमा लुकेर ज्यान जोगाएको पीडित श्रेष्ठले जानकारी दिए । ‘हात्तीबाट बल्लबल्ल ज्यान भरि जगाईयो,’ श्रेष्ठले भने ।
ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरका निरीक्षक दिनेश भण्डारीले हात्ती आएको जानकारी ढिला पाएकाले समायमा उद्धार गर्न नसकिएको बताए । उनले हात्ती र जंगली जनावरबाट स्थानीयलाई सुरक्षा दिन प्राविधिक सहितको टोली राखिएको उल्लखे गरे ।
उता, बुधबार राति मात्रै जंगली हात्तीको आक्रमणबाट गर्दी–२, अमेलियाका एक जानाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।