माघ–२७ मा निर्वाचित प्रधानमन्त्री पाउँनु पर्छ

२३ माघ २०७०, बिहीबार १५:०२ मा प्रकाशित

काठमाडौं, २३ माघ । एमालेका सचिव विष्णु पौडेलले सबैभन्दा ठूलो दल भएकाले आफूहरु अहिले कांग्रेस सभापति सुशील कोइरालाकै नेतृत्वमा सरकार बन्नु पर्ने पक्षमा रहेको बताएका छन् ।

काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा पौडेलले एमालेले अहिले नै सरकारको नेतृत्वमा दावी नगर्ने बताए । उनले प्रधानमन्त्रीको उम्मेदवारी पनि नदिने उल्लेख गरे । ‘आगामी माघ–२७ गते नै मुलुकले नयाँ जन निर्वाचित प्रधानमन्त्री पाउनु पर्छ,’ उनले भने ।

उनले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, कार्यावधी, संविधान निर्माण र सरकारमा कुन–कुन पार्टी रहने भन्ने विषयमा पहिलानै स्पष्ट हुनु पर्ने बताए ।

सचिव पौडेलले सरकार बन्ने कुरा कांग्रेस र एमालेबीचको सहमतिमा निर्भर गर्ने उल्लेख गरे । ‘कांग्रेस वार्तामा लचिलो भएर आए सहमति हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत