बोष्टनमा जीबिएनसीले विविध कार्यक्रम गरी नयाँ वर्ष मनायो

८ बैशाख २०६९, शुक्रबार १८:५५ मा प्रकाशित

बोस्टन । नयाँ वर्ष २०६९ सालको अवसरमा अमेरिकामा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम गरेका छन् । यसै क्रममा बोष्टनमा रहेका नेपालीहरुको स्थानीय सामुदायिक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जीबिएनसी)ले पनि शुभकामना साँझ आयोजना गरी नयाँ वर्ष मनाएको छ ।

गत शनिबार आयोजित कार्यक्रममा बोष्टनमा विभिन्न पेशा, व्यवसायमा आवद्ध रहेका विभिन्न नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाली राष्ट्र गानबाट सुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष लीला राउतको सभापतित्वमा भएको थियो । पहिलो चरणको छोटो सक्षिप्त औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यता लोक गायक एवं मेरिल्याण्ड र पेन्सिल भेनिया राज्यका लागि अवैतनिक वाणिज्यदूत प्रेमराजा महतले गर्नुभएको थियो । कार्यक्रम संस्थाका महासचिब राम थापाले संचालन गर्नु भएको थियो ।

त्यसपछि सांस्कृतिक कार्यक्रम नबिन बस्नेतज्युलाई माइक्रोफोन हस्तान्तरण गर्नु भएको थियो । औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष मिलन गुरुङले अतिथि एवं सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

छोटो औपचारिक कार्यक्रम पछि आरम्भ भएको संस्कृतिक कार्यक्रम नबिन बस्नेतले संचालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न कविताहरु, नृत्यहरु तथा समुधुर गीतहरु प्रस्तुत भएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं लोकगायक प्रेमराजा महतले आफ्ना विभिन्न गीत प्रस्तुत गरेर सहभागीहरुलाई भरपुर मनोरंजन दिलाएका थिए ।

यसैगरी गायक रोशन गुरुङ र गायिका गोमा योन्जन (गुरुङ)को प्रस्तुतिले पनि थप मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रममा स्थानीय प्रतिभाशाली बालबालिका र किशोर किशोरीहरुको नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका पूर्व अध्यक्ष उत्सव गुरुङ र जेनी लालचनको नृत्य प्रस्तुती पनि उत्तिकै आकर्षक थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संस्थाका मिडिया डाइरेक्टर भक्त गुरुङले जारी गरेको विज्ञप्तिका अनुसार संस्थाका अध्यक्ष लीला राउतले सम्पूर्ण जात जाति, भेषभूषा, भाषाभाषीको उचित सम्मान हुनुपर्ने र सबै चन्द्र र सुर्य अंकित झन्डामुनि गोलबद्ध भै लाग्नुपर्ने भन्दै संस्थालाई बलियो बनाउनु पर्नेमा जोड दिनु भयो- ‘संविधान निर्माणका लागि संघीयताको विषयमा बहस भै रहेका बेला अध्यक्ष राउतले भन्नुभयो- ‘जातीय संघीयताले गृहयुद्ध निम्त्याउने खतरा आउँछ, तसर्थ हामी प्रवासमा बसेका सबै नेपालीले यसतर्फ ध्यान दिनुपर्छ । हाम्रो पहिचान भनेको सर्वप्रथम नेपाली नै हो तब मात्र हामी अरु हौँ ।’

यसैगरी संस्थाका सचिव बिष्णुमणि आचार्यले सहभागी सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । बोष्टन अमेरिकामा धेरै नेपाली बसोबास गर्ने शहरमध्ये एक हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न