पत्थरखानीमा च्यापिएर एकजनाको मृत्यु

२३ माघ २०७०, बिहीबार ११:५५ मा प्रकाशित

अछाम, २३ माघ । अछाम जिल्लामा पत्थर खानीमा च्यापिएर एक जनाको ज्यान गएको छ ।

जिल्लाको नन्देगडा–२, रिठेगाउँका ३६ बर्षीय खन्टे साउँदको पत्थर निकाल्दै गर्दा खानीमा च्यापिएर ज्यान गएको हो ।

घरको छानो छाउनका लागि गाबिसको गोठीवनस्थित खानीमा पत्थर निकाल्दै गर्दा खानी भत्कीएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय गंगाराम खत्रीले जानकारी दिए ।

साउँदसँगै रहेका उनका छिमेकीले खबर गरेपछि स्थानीयले घटनास्थलबाट शव बाहिर निकालेका हुन् ।

स्थानीयले जानकारी गराए पछि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरीको टोली पनि घटनास्थल पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका