नेविसंघका नेता रोकायको काठमाडौंमा निधन

२३ माघ २०७०, बिहीबार ११:५३ मा प्रकाशित

काठमाडौं, २३ माघ । नेपाल विद्यार्थी संघ काठमाडौं–राप्ती सम्पर्क समितिका अध्यक्ष तोजबहादुर रोकायको निधन भएको छ ।

ठमेलस्थित सरस्वती क्याम्पसमा अध्ययन गर्दै आएका रोकायको आज (बिहीबार) आफ्नै कोठामा निधन भएको हो । करीव १९ वर्षीय रोकायको निधन हुनुको कारण खुल्न सकेको छैन ।

रोकाय सल्यान जिल्लाको छायाक्षेत्र निवासी हुन् । नेविसंघका नेता ऋषिकेश जंग शाहका अनुसार रोकायले विद्यार्थी आन्दोलनमा राम्रो सहयोग पुर्‍याएका थिए ।

अध्यक्ष रोकाय ठमेल नजिकै कपुरधारा भन्ने स्थानमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

पोष्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज