दुर्घटना १४ को मृत्यु /७ यात्रु घाईते (अपडेट)

२३ माघ २०७०, बिहीबार ०६:३९ मा प्रकाशित

पाल्पा, २३ माघ । पाल्पाको सिद्धार्थ राजमार्ग अन्र्तगत चिदीपानी–२, भालुखोलामा रात्रिबास दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

१२ जनाको घटना स्थलमै र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको हो । पोखराबाट भैरहवाका लागि छुटेको लु १ ख ४९२४ नम्बरको रात्रि बस आज (बिहीबार) बिहान सवा २ बजे सडकबाट ३ सय मिटर तल खसेरको प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा बस धनी भीमगीठे बुर्तिबाङ्ग बाग्लुङ्गका २८ बर्षीय मोहन केसी, बस चालक मुझुङ्ग–८ पाल्पाका ३३ बर्षीय रोमनसिह सारु, सिमिचौर–६ गुल्मीका प्रहरी जवान दीनबहादुर बस्नेत, म्यालपोखरी गुल्मीका प्रहरी जवान २६ बर्षीय गिरिराज भट्टराई, मोरबाङ्ग–९ रुकुमका ३८ बर्षीय राजबहादुर गुरुङ्ग, ठूलीपोखरी पर्वतका बाबुराम आचार्यको मृत्यु भएको नायव उपरीक्षक श्रेष्ठले बताए ।
त्यसै गरी, बिराटनगर मोरङ्गका ४९ बर्षीय गोपाल ढकाल, मंगरागढी–९ बर्दियाका २१ बर्षीय बिराटसिंह ठकुरी, २६ बर्षीय रामु वली, नरपानी–८ अर्घाखाँचीका ६० बर्षीय पदम झाँक्री, सुनडबरी–५, कौडीया दाङका ३१ बर्षीय टेकराज पौडेलको घटना स्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
भरतपोखरी–१ कास्कीका बृद्धिबहादुर विक र खोला लाकुरी–२ पर्वतका २२ बर्षीय ठाकुर सुनारको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको अस्पतालले जनाएको छ ।
घाइतेहरु मध्ये ४ जनाको मिसन अस्पताल तानसेन र ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका भइरहेको छ ।
चिन्नेबास–८ स्याङ्गजाका ३७ बर्षीय डोलबहादुर राना, मंगलागढी–९ बर्दीयाका ३९ बर्षीया कमलासिंह ठकुरी, पुतलीबजार–२ स्याङ्गजाका १९ बर्षीय दीपक कुँवर र मरवाङ्ग–८ रुकुमका ४३ बर्षीय नरबहादुर बुढा मगरको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।
राममन्दिर बुटवलका २४ बर्षीय प्रदीप केशरी, न्यूरोड पोखराकी २८ बर्षीय चन्दा वली र भकुण्डे बाग्लुङ्गका २२ बर्षीय सूर्य खत्रीको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको छ । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर छ । मृत्यु भएका मध्ये एक जनाको सनाखत हुन सकेको छैन ।
आर्यभञ्जाङ्ग राम्दी सडक खण्ड अन्र्तगत आर्यभञ्जाङ्गबाट तीन किलोमिटर टाढा दुर्घटना भएको हो । बुधबार साँझ ८ बजे ६ जना यात्रु सहित भैरहवाका लागि पोखराबाट छुटेको बसमा २१ जना सवार थिए ।
चालक राम बहादुरले बर्तुङ्गमा रहेकी श्रीमतीलाई साढे ३ बजे आउँदै छु भनेर फोन गरेको केही सयमै दुर्घटनाको खबर आएको उनले बताइन् ।
बसले सडकका ३ प्याफिटहरु हिर्काएर तल खसेकाले चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रराम्भीक अनुमान गरेको छ ।
दुर्घटना लगत्तै विरौटाका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राम्दीबाट मलामी बोकेर फर्किएको बस पछाडि रहेकाले घाईतेले सयमै उद्धार पाएका थिए ।
बस दुर्घटनामा घाईते भएकी पोखरा न्यूरोडकी चन्दा वलीले बाटोमा आएर चिच्याए पछि अन्य सवारी साधनहरुले पनि दुर्घटना भएको थाहा पाएर उद्धार गरेका थिए ।
रातिको सयम र भीरबाट बस खोल्सामा पुगेकाले उद्धारमा कठिनाइ भएको थियो ।
गत बर्ष पनि यसै क्षेत्रमा जन्तीबस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । चिदीपानीको आसपासको क्षेत्रमा हरेका बर्ष साना ठूला दुर्घटना भइरहेको तथ्याङले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली