ताप्लेजुङबाट सुरु भएको आप्पा शेर्पा टोलीको पदयात्रा आज दार्चुलामा सकियो

८ बैशाख २०६९, शुक्रबार १५:२५ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । पूर्वको ताप्लेजुङदेखि पदयात्रा सुरु गरेका आप्पा शेर्पाको टोलीले आज सुदर पश्चिमको दार्चुला पुगेर पदयात्रा सकेका छन् । विश्वकै सबैभन्दा लामो पदयात्रा मार्ग दावी गरिएको ग्रेट हिमालयन ट्रेकको १ हजार ७ सय किलोमिटर लामो दूरी ९७ दिनमा यात्रा पुरा गरेको आयोजकले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने र पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्धेश्यले आप्पा शेर्पाको टोलीले ‘क्लाइमेट स्मार्ट सेलिब्रेटी ट्रेक’ पदयात्रा सुरु गरेको हो । गएको पुस २९ गते राष्ट्रपति डा. रामवरण यादवको हातबाट नेपाली झण्डा लिएको टोलीले ताप्लेजुङबाट माघ १ गते यात्रा सुरु गरेको थियो । पदयात्रा टोलीमा सगरमाथा आरोही तथा सगरमाथा सफाइ अभियानका अभियन्ता दावा स्टेफन शेर्पा, पत्रकार सौरभ ढकाल र फोटो पत्रकार समिर जंग थापा पनि सहभागि हुनुहुन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जनजीवन कष्टकर हुन थालेकाले त्यस क्षेत्रको पर्यटन विकास गरी स्थानीय वासिन्दाको आर्थिक स्तर उकास्न भन्दै गरिएको पदयात्रामा सरकार र बिभिन्न संघ संस्थाले सहयोग गरेका थिए पदयात्रीको टोली बैशाख १० गते काठमाडौं फकिर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ‘मेरो कित्ता’ को शुभारक्भ गरेका छन्

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम