आगामी साता काँग्रेस एमालेको सरकार

२३ माघ २०७०, बिहीबार ०३:३२ मा प्रकाशित

काठमाडौ, २३ माघ । संबिधान सभाको दोस्रो निर्वाचन सम्पन्न भएको दुई महिना बित्नै लाग्यो तर देशले नयाँ प्रधानमन्त्री पाउने कहिले र संबिधान निर्माणको काम सुरु हुने कहिले ? आम नेपालीले दिनगन्ती सुरु गरेको धेरै भयो तर दलहरु समयमा  सहमतीय सरकार निर्माण गरेर संबिधान निर्माण प्रक्रियामा जुट्न सकेनन तर ढिलै सहि एमालेले अघि सारेको सर्त गृह मन्त्रालय र राष्ट्रपतिको निर्वाचनले नेपाली राजनीति थप जटिल जस्तो देखिए पनि  आगामी साता भित्र सानो आकारको सरकार बनाउन काँग्रेस एमाले तयार भएका छन् । सरकारमा आफ्नो हैसियत बलियो बनाउन गृह मन्त्रालय र राष्ट्रपतिको निर्वाचनको सर्त अघि सारेको एमालेले बामदेव गौतमको नेतृत्वमा  गृह मन्त्रालय सहित उपप्रधानमन्त्री र स्थानिय मन्त्रालय पाएमा सरकारमा सहभागिता जनाउने भएको छ । एमालेले पहिलो पटक औपचारिक रुपमा नेपाली कांग्रेससँग नयाँ सरकार गठनको लागि गठबन्धन बनाउन राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन र उपप्रधानसहित गृहमन्त्रालय मागे पछि सरकार निर्माण र संबिधान निर्माणको प्रक्रिया थप गतिरोध जटिल बनेको थियो । यद्यपि एमालेले बुधबार भएको दिपक्षीय बार्तामा राष्ट्रपतिको निर्वाचन एजेन्डा अघि सारे पनि एमालेको सर्त महत्वपुर्ण मन्त्रालय हत्याउने रणनीतिका रुपमा हेरिएको छ । दुई दलको कार्यदलवीच बुधबार भएको वार्तामा एमालेले औपचारिक रुपमा त्यस्तो प्रस्ताव अघि सारेको थियो । एमालेको प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्ने, उपप्रधानमन्त्री सहित गृह र स्थानीय विकास मन्त्रालय र शक्तिको आधारमा मन्त्रालय बाडफाड गरिनु पर्ने, स्थानीय निकायको निर्वाचनको मिति तय गर्नु पर्ने र एक वर्षभित्र संविधान निर्माणको आधार प्रस्तुत गर्नु पर्ने सर्त अघि सारेको हो  । बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष बामदेब गौतम र सचिव विष्णु पौडेल, काग्रेसको तर्फबाट डा रामशरण महत र दिपकुमार उपाध्याय सहभागि थिए । काग्रेसले भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन काग्रेसलाई स्विकार्य नहुने भन्दै गृहसहित मन्त्रालय बाडफाडमा छलफल गर्न सकिने स्पष्ट पारेको थियो । त्यसैगरी प्रधानमन्त्री चयन भएकै दिन सानो आकारको दुई पार्टी सम्मिलित तीन सदस्यीय मन्त्री मण्डल गठन गर्ने सहमति समेत भएको छ । स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री, उपप्रधान तथा गृहमा बामदेब गौतम र काग्रेसको तर्फबाट डा रामशरण महत उपप्रधान तथा अर्थ सम्मिलित सानो आकारको सरकार बनाउन अनौपचारिक सहमति भएको छ । बैठकपछि काग्रेस नेता महतले राष्ट्रपतिको निर्वाचन काग्रेसलाई मान्य नहुने भन्दै पावर सेयरिङमा कुरा मिल्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका