नेविसंघ र अनेरास्ववियुको छुट्टाछुट्टै प्रदर्शन

८ बैशाख २०६९, शुक्रबार १५:२२ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । काठमाडौंको पशुपति क्याम्पसमा हिजो भएको झडपविरुद्ध नेविसंघ र अनेरास्ववियुले आज बिहान राजधानीका विभिन्न क्याम्पस अगाडि छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । अनेरास्ववियुका कार्यकर्ताले आफ्ना साथीहरुमाथि आक्रमण गरेकोभन्दै नेविसंघले घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस र लैनचौरस्थित अमृत साइन्स क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनसंगै विद्यार्थीहरुले चक्काजाम समेत गरेका थिए । चक्काजामकै क्रममा नेविसंघका विद्यार्थीहरुले चाबहिलमा एउटा सरकारी गाडीमा आगजनी गरेका छन् । आगजनीबाट बा १ झ ५४६७ नम्बरको गाडीमा पूर्ण रुपमा  क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै अनेरास्ववियुले आफ्ना कार्यकर्ताहरुलाई नेविसंघले आक्रमण गरेकोभन्दै पुतलीसडक स्थित आरआर क्याम्पस अगाडि चक्का जाम गरेको थियो । हिजो भएको झडपको बिषयलाई लिएर नेविसंघ र अनेरास्ववियुबीच आरोपप्रत्यारोप चलेको छ । नेविसंघले क्याम्पसहरुमा अनेरास्ववियुका पदाधिकारीहरु प्रवेशगरी आफना कार्यकर्ताहरुमाथि खुकुरी र रड प्रयोग गर्ने आक्रमणकारीहरुलाई  कारबाही हुनपर्ने  माग गरेको छ भने अनेरास्ववियूले झुट्टा आरोपलगाई आफना कार्यकर्ताहरुलाई फसाएको भन्दै कार्यकर्ता रिहाईको मागगर्दै चक्का जाम गरेको जनाएको छ । नेविसंघले अनेरास्ववियुका कार्यकर्ताहरुको आक्रमणबाट अर्जुन भण्डारी, रमेश खड्का र रोशन श्रेष्ठ घाइते भएको आरोप लगाएको छ ।घाइतेमध्ये रमेश खड्का र अर्जुन भण्डारीको गम्भीर अवस्थामा चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक