निर्वाचन परिवर्तनको अवसर

२२ माघ २०७०, बुधबार १७:०२ मा प्रकाशित

काबुल, २२ माघ । अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचन त्यहाँको परिवर्तनका लागि एउटा अवसर हुनसक्ने विश्लेषण गरिएको छ ।

अफगानिस्तानमा हुन लागेको निर्वाचनका एकजना उम्मेदवार अब्दुल्लाह अब्दुल्लाहले निर्वाचनलाई अफगानिस्तानको परिवर्तनका लागि एक अवसरका रुपमा प्रयोग गर्न सकिने बताए ।

उनले आफ्नो उम्मेदवारीका बारेमा एक टेलिभिजनमा गरिएको वार्ताका क्रममा भने, ‘यो निर्वाचन अफगानिस्तानको परिवर्तनका लागि एक अवसर हो, त्यसलाई सबै नागरिकले पनि बुझ्नुपर्ने हुन्छ ।’

अब्दुल्लाहले यसअघि सन् २००९ मा भएको आम निर्वाचनमा पनि उम्मेदवारी दिए । उनले उक्त निर्वाचनमा राष्ट्रपति हमिद कारजायीपछि दोस्रो स्थान हासिल गरेका थिए । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार