घुस लिने प्रहरी जवान निलम्बित

२२ माघ २०७०, बुधबार १६:०५ मा प्रकाशित

पर्सा, २२ माघ । अवैध कारोबारीबाट अनैतिक रुपमा रकम लिएको अभियोगमा एक प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले निलम्बन गरेको छ ।
हेटौंडा प्रहरी गणमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा काजमा खटिएका प्रहरी जवान रामरतन राय यादवलाई प्रहरी आचरणविपरीत कार्य गर्दै अवैध रकम असुली गरेको अभियोगमा निलम्बन गरिएको हो ।
माघ–१९ गते वीरगन्जको रजतजयन्ती चोकमा काममा खटिएका प्रहरी जवान यादवले भारतबाट भन्सार छली नेपाल भित्राएको मोटर पाट्र्स नियन्त्रणमा लिई कारोबारीसाग अनैतिक रुपमा रकम असुली लगायतका कार्य गरे पछि निलम्बन गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका