वैद्य पक्षद्वारा सेना परिचालन सम्बन्धमा छानविन माग

८ बैशाख २०६९, शुक्रबार १५:२१ मा प्रकाशित

काठमाडौ, ८ बैशाख । एकीकृत माओवादीको संस्थापनपक्षसँग असन्तुष्ट वरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले लडाकूको शिविरमा सेना परिचालन गरेको सम्बन्धमा छानविन गर्न माग गरेको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा बैद्य पक्षीय माओवादी पोलिटव्युरो सदस्य पम्फा भुषालले शिविरमा सेना परिचालन अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता विपरित भएको भन्दै छानविन गर्न माग गर्नुभएको हो ।
उहाँले सेना परिचालनको विषय गम्भीर भएको भन्दै त्यस सम्बनधमा जानकारी गराउन माग गर्नुभएको हो । समितिले सेना परिचालनको विषय समितिसँग सरोकार राखेमा छलफल गर्ने  बताएको छ । सेना परिचालनसम्बन्धी विषयमा सभामुख संयोजक रहेको सुरक्षा विशेष समितिले हेर्ने संसद नियमावलीको प्रावधान छ । समिति सभापति रामनाथ ढकालले रक्षा मन्त्रालय राज्यव्यवस्था समिति अन्तरगत पर्ने भएका कारण परामर्शमा
आवश्यक परे बैठक बोलाइने बताउनुभयो । सरकारले चैत २८ मा माओवादी लडाकुको शिविरमा सेना परिचालन गर्दा प्रक्रिया नपु¥याएको भन्दै अन्य
निकायबाट पनि विरोध हँुदै आएको थियो । अन्तरिम संविधानमा मन्त्रीपरिषद्को शिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको