बेतबाँसका सामग्रीबाट मासिक ३० हजार आम्दानी

२२ माघ २०७०, बुधबार १२:१८ मा प्रकाशित

कैलाली, २२ माघ । विगतका दिनमा चुरापोते किन्नका लागिसमेत पतिसंग हात थापेकी लक्ष्मी चौधरी अहिले आफ्नै कमाइबाट पूरा परिवार चलाउ छिन् । धनगढी नगरपालिका–४, उत्तरबेहेडीकी लक्ष्मी चौधरीले सात वर्षयता आफ्नो मात्र होइन घर खर्च आफ्नै कमाइबाट चलाउँदै आकी छन् ।

‘पतिको नाममा लगाइने दुई रुपियाँको सिन्दुर किन्न पनि उहाँसँग माग्नुपर्दथ्यो,’ लक्ष्मीले भनिन्, ‘तर अहिले आफ्नै कमाइबाट परिवारको आवश्यकता पूरा गर्न पाउँदा खुसी लाग्छ ।’

उनले सात वर्ष पहिले बर्दियाको राजापुरमा गएर बेतबाँसका सामग्री बनाउने तीनदिने तालिमलाई व्यवहारमा उतार्दा जीवनमा यति धेरै परिवर्तन आएको बताईन् ।

तालिमबाट फर्किसकेपछि उनले उत्तरबेहेडीमा रहेको आफ्नै घरमा बेतबाँसका सामग्री बनाउन सुरु गरेको बताईन् ।

बेतबाँसका सामग्री बनाउन एक्लैभन्दा समूहमा काम गर्दा सजिलो हुने र विभिन्न संघ संस्थाले सहयोगसमेत गर्ने भएकाले सुरुमा आफूले गाउँका अन्य चार जना महिलासँग मिलेर समूहमा काम गरेको उनको भनाई छ ।

लक्ष्मीलगायत अन्य सबै जनाको मासिक ३० हजारसम्म आम्दानी हुन थालेको छ । जिल्ला लघुउद्यमी समूहबाट १२ दिने तालिम लिएर उनीहरूले पाँच वर्षदेखि समूहमा काम गर्दै आएका छन् ।

बेतबाँसबाट कपडा झुन्डयाउने हयाङ्गर, कुर्सी, टेबुल, सोफासेट, बस्ने मुढा, चुरा राख्ने स्टयान्ड, किताब राख्ने दराज आदि सामग्रीहरू बनाउने गरिन्छ ।

बेतबाँसबाट बनाइएका सामानमा सबैभन्दा कम मूल्य चुरा राख्ने स्टयान्डको छ । जसको मूल्य २सय ५० रुपियाँ । सबैभन्दा बढी सोफा सेटको १६ हजार मूल्य पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका